इजकिएल 13:6
इजकिएल 13:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनीहरूका दर्शन असत्य छन् र तिनीहरूका जोखना झूटा हुन्। तिनीहरू भन्छन्, “परमप्रभु भन्नुहुन्छ,” तर परमप्रभुले तिनीहरूलाई पठाउनुभएकै होइन। तापनि तिनीहरूको वचन पूरा गरिओस् भनी तिनीहरू आशा गर्दछन्।
शेयर गर्नुहोस्
इजकिएल 13 पढ्नुहोस्इजकिएल 13:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनीहरूका दर्शनहरू झूटा र तिनीहरूका जोखनाहरू छल हुन्। यद्यपि याहवेहले तिनीहरूलाई पठाउनुभएकै होइन, तर पनि तिनीहरू भन्छन्, “याहवेह घोषणा गर्नुहुन्छ;” अनि तिनीहरूका वचन उहाँले पूरा गर्नुभएको होस् भनी तिनीहरू आशा गर्दछन्।
शेयर गर्नुहोस्
इजकिएल 13 पढ्नुहोस्इजकिएल 13:6 पवित्र बाइबल (NERV)
“‘झूटा अगमवक्ताहरूले भने, तिनीहरूले दर्शन देखेकाछन्। तिनीहरूले तिनीहरूको तन्त्र मन्त्र गरेर भने कि घट्नाहरू हुन्छन्। तर तिनीहरूले झूटो बोले। तिनीहरूले भने परमप्रभुले तिनीहरूलाई पठाउनु भयो तर तिनीहरूले झूटो बोले। झूटोलाई साँच्चो बनाउँने प्रयास आजसम्म पनि गर्दैछन्।
शेयर गर्नुहोस्
इजकिएल 13 पढ्नुहोस्