इजकिएल 17:22-23
इजकिएल 17:22-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: एउटा देवदारुको सबैभन्दा टुप्पाको एउटा सानो मुना चुँड़ाएर लिनेछु, र एउटा अल्गो र उच्च पर्वतमा म त्यो रोप्नेछु। इस्राएलका पहाड़का टाकुराहरूमा म त्यो रोप्नेछु। त्यसका हाँगाहरू हुनेछन् र त्यसले फलहरू फलाउनेछ, र त्यो एउटा सुन्दर देवदारुको रूख हुनेछ। सबै किसिमका चराहरूले त्यसमा गुँड़ लाउनेछन्, र त्यसको छायामा तिनीहरू बस्नेछन्।
इजकिएल 17:22-23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“ ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: म आफैँले देवदारुको टुप्पाबाट एउटा टुसा लिनेछु र त्यसलाई रोप्नेछु; म त्यसका सबैभन्दा टुप्पाको टुसाबाट एउटा सानो कलिलो हाँगा चुँडाएर त्यसलाई एउटा अग्लो र ठूलो पर्वतमा रोप्नेछु। म त्यस हाँगालाई इस्राएलको पहाडको टुप्पोमा रोप्नेछु; त्यसका हाँगाहरू पलाउनेछन् र फल फलाउनेछन्; अनि एउटा सुन्दर देवदारुको बोट हुनेछ। त्यहाँ हरेक किसिमका चराहरूले गुँड बनाउनेछन्; त्यसका हाँगाहरूका छायामा ती चराहरूले आफ्ना गुँड लगाउनेछन्।
इजकिएल 17:22-23 पवित्र बाइबल (NERV)
परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो: “म लामो देवदार वृक्षको एउटा हाँगा लिन्छु। म बृक्षको टुप्पाको एउटा सानो हाँगा लिन्छु। अनि म स्वंय त्यसलाई अग्लो पर्वतमा रोप्छु। म स्वंयले यसलाई इस्राएलको अग्लो पर्वतमा रोप्नेछु। यो हाँगा एउटा सुन्दर रूखमा परिणत हुनेछ। यसको हाँगा निक्लन्छ अनि यसले फल दिन्छ, देवदारको रूखमा परिणत हुन्छ। अनि यसका हाँगामा सबै प्रकारका चराहरूले गुँड बनाउँनेछन्।
इजकिएल 17:22-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“ ‘सार्वभौम परमप्रभु यसो भन्नुहुन्छ: “एउटा देवदारुको सबैभन्दा टुप्पाको एउटा सानो मुना चुँडाएर लिनेछु र एउटा सबैभन्दा उच्च पर्वतमा म त्यो रोप्नेछु। इस्राएलका सबैभन्दा उच्च पहाडका टाकुरामा म त्यो रोप्नेछु। त्यसका हाँगाहरू हुनेछन् र त्यसले फल फलाउनेछ र त्यो एउटा उत्तम देवदारुको रूख हुनेछ। सबै किसिमका चराहरूले त्यसमा गुँड लाउनेछन् र त्यसको छायामा तिनीहरू बस्नेछन्।