इजकिएल 33:11
इजकिएल 33:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसैले तिनीहरूलाई भन्, ‘जस्तो म जीवित छु, परमप्रभु परमेश्वर भन्नुहुन्छ, दुष्टहरूको मृत्युमा म खुशी हुन्नँ, तर तिनीहरूले आफ्नो चाल त्यागेर बाँचून् भनी म चाहन्छु। आफ्नो दुष्ट चाल त्याग! हे इस्राएलका घराना हो, तिमीहरू किन मर्छौ?’
इजकिएल 33:11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनीहरूलाई भन्, ‘म जीवित भएझैँ, प्रभु याहवेह यसो भन्नुहुन्छ: म दुष्टहरूको मृत्युमा खुशी हुँदिनँ, तर तिनीहरू आफ्ना चालहरूबाट फर्केर बाँचून् भन्ने चाहन्छु। फर्क! आफ्ना दुष्ट चालहरूबाट फर्क! हे इस्राएलका मानिसहरू हो, तिमीहरू किन मर्छौ?’
इजकिएल 33:11 पवित्र बाइबल (NERV)
“तिमीले तिनीहरूलाई भन्नुपर्छ, ‘परमप्रभु मेरो मालिक भन्नुहुन्छ म आफ्नो जीवनको शपथ खाएर प्रतिज्ञा गर्छु कि म मानिसहरू मर्दै गरेको हेर्न इच्छा गर्दिनँ, म चाँहदिन दुष्ट मानिसहरू मरून्। म ती पापी मानिसहरूलाई मकहाँ ल्याउँन चाहन्छु। म चाहन्छु कि तिनीहरू आफ्नो जीवन बद्लि गरून् जसबाट जीवित रहन सकुन्। यसकारण मकहाँ आऊ। नराम्रो काम गर्न छोडिदेऊ। हे इस्राएलका घराना हो, तिमीहरू किन मर्छौ?’
इजकिएल 33:11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिनीहरूलाई यसो भन्, “म सार्वभौम परमप्रभु जीवित परमेश्वर छु भन्ने स्वयम् साक्षी राखी भन्दछु, म कुनै पापी मरेको देख्दा खुसी हुनेछैनँ। बरु त्यसले पाप गर्न छोडेर प्राण बचाएको हेर्न चाहन्छु। ए इस्राएल, तैँले आफ्नो दुष्ट चाल छोड्। तँ किन मर्न चाहन्छस्?