इजकिएल 5:11
इजकिएल 5:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जस्तो म जीवित छु, परमप्रभु परमेश्वर भन्नुहुन्छ, तेरा सबै घिनलाग्दा मूर्तिहरू र तैंले गरेका घृणित व्यवहारबाट मेरो पवित्रस्थानलाई तैंले बिटुलो पारेको कारण म तँबाट मेरो निगाह हटाउनेछु। मेरो नजरले तँलाई टिठ्याउनेछैन, न त म तँमाथि दया देखाउनेछु।
इजकिएल 5:11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण म जीवित भएझैँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ, तैँले आफ्ना सबै घृणित मूर्तिहरू र घिनलाग्दा कामहरूद्वारा मेरो पवित्रस्थानलाई अशुद्ध पारिदिएको कारण म आफैँले मेरो निगाह हटाउनेछु; म तँलाई दयाको दृष्टिले हेर्नेछैनँ, न त तँलाई बचाउनेछु।
इजकिएल 5:11 पवित्र बाइबल (NERV)
परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “यरूशलेम, म आफ्नो जीवनको शपथ खाएर भन्दैछु म तँलाई दण्ड दिनेछु। म प्रतिज्ञा गर्दैछु कि म तँलाई दण्ड दिनेछु। किनभने तैंले मेरो पवित्र स्थानको विरूद्धमा भयङ्कर पाप गरिस्। तैंले घृणित काम गरेर मेरो स्थान मैला बनाइ दिइस्। म तँलाई दण्ड दिनेछु। म तँमाथि दया गर्ने छैन्। म तेरो निम्ति दु:खको अनुभव गर्ने छैन्।