गलाती 5:19-21
गलाती 5:19-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
पापमय स्वभावका कामहरू प्रत्यक्ष छन्, जो यी नै हुन्— व्यभिचार, अपवित्रता, लम्पटपना, मूर्तिपूजा, मन्त्रतन्त्र, दुश्मनी, झैँझगड़ा, ईर्ष्या, क्रोध, स्वार्थीपन, फूट, गुटबन्दी, डाह, पियक्कड़पन, अश्लील मोजमज्जा र यस्तै अरू, जसका विषयमा म तिमीहरूलाई चेताउनी दिन्छु, र अघि पनि दिएकै हुँ। जस-जसले यस्ता कामहरू गर्दछन्, परमेश्वरका राज्यका हकदार बन्नेछैनन्।
गलाती 5:19-21 नेपाली समकालीन संस्करण (NCV)
पापमय स्वभावका कामहरू प्रत्यक्ष छन्: यौन अनैतिकता, अपवित्रता र भ्रष्ट आचरण मूर्तिपूजा र जादूटुना, घृणा, कलह, ईर्ष्या, क्रोध, स्वार्थी महत्त्वाकांक्षा, मतभिन्नता, गुटबन्दी, अनि डाह; मतवालापन, मोजमज्जा र यस्तै अरू कुराहरू। मैले पहिला गरेजस्तै, अहिले पनि चेतावनी दिँदछु, कि जो व्यक्ति यस प्रकारले जिउँदछ, ऊ परमेश्वरको राज्यको उत्तराधिकारी हुँदैन।
गलाती 5:19-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
शारीरिक स्वभावका कामहरू यिनै हुन्– व्यभिचार गर्नु, अशुद्ध सोच-विचार गर्नु, छाडा हुनु, मूर्ति पुज्नु, जादू-टुना गर्नु, दुश्मनी गर्नु, झगडा गर्नु, ईर्ष्या गर्नु, रिस गर्नु, आफ्नो मात्रै भलो खोज्नु, फाटो ल्याउनु, गुटबन्दी गर्नु, डाहा गर्नु, मात्नु, मोज-मज्जा गर्नु र यस्तै-यस्तै अरू काम गर्नु। त्यस्ता कामहरू गर्ने परमेश्वरको राज्यका हकदार हुन पाउनेछैनन् भनी मैले पहिले पनि चेतावनी दिएँ र अहिले पनि दिंदै छु।
गलाती 5:19-21 पवित्र बाइबल (NERV)
हाम्रा पापपूर्ण स्वभावले खराब गर्छ जो यी हुन्: यौन पाप, अशुद्धता, अनैतिकता, मूर्ति-पूजा, तन्त्र-मन्त्र, दुश्मनी, झै-झगड, इर्ष्या, क्रोध, स्वार्थ, फूट, गुटबन्दी, डाह, मद्धपान, मोजमज्जा र यस्तै अरूअरू। मैले पहिले पनि चेतावनी दिएकै हुँ र अहिले पनि दिन्छुः जसले यस्ता कामहरू गर्छन् ती परमेश्वरको राज्यमा जाने छैनन्।