उत्पत्ति 17:19
उत्पत्ति 17:19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब परमेश्वरले भन्नुभयो, “हो, तर तेरी पत्नी साराले नै तेरो लागि एक जना छोरा जन्माउनेछे, र तैंले त्यसको नाउँ इसहाक राख्नेछस्। म त्यससित र त्यसपछि हुने त्यसका सन्तानसित आफ्नो करार स्थापित गर्नेछु।
उत्पत्ति 17:19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब परमेश्वरले भन्नुभयो, “तेरी पत्नी साराले तेरो निम्ति एउटा छोरा जन्माउनेछे; र तैँले त्यसको नाम इसहाक राख्नू। म त्यससित र त्यसपछिका सन्तानका निम्ति मेरो करार अनन्तको करारको रूपमा स्थापित गर्नेछु।
उत्पत्ति 17:19 पवित्र बाइबल (NERV)
परमेश्वरले भन्नुभयो, “होइन! मैले भनी सकें तिम्री पत्नी साराले एउटा छोरो जन्माउनेछिन् जसको नाउँ तिमीले इसहाक राख्नेछौ। म त्यो सित करार गर्नेछु। त्यो करार त्यस्तो हुनेछ उसका सबै सन्तानहरूसित सधैँको निम्ति बाँचिरहने छ।”
उत्पत्ति 17:19 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर परमेश्वरले भन्नुभयो, “अँहँ, हुँदैन, तेरी स्वास्नी साराले एउटा छोरो जन्माउनेछे, त्यसको नाम तैँले इसहाक राख्नेछस्। म त्योसित र त्यसका सन्तानसित सदाकालको निम्ति आफ्नो करार राख्नेछु। यो करार सदासर्वदाको लागि हो।