उत्पत्ति 22:15-16
उत्पत्ति 22:15-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुका दूतले दोस्रो पल्ट स्वर्गबाट अब्राहामलाई कराएर भने, परमप्रभु भन्नुहुन्छ, “मैले आफ्नै नाउँमा शपथ खाएको छु, कि तैंले यो काम गरेकोले र तेरो छोरो, अर्थात् तेरो एउटै छोरालाई पनि मबाट नरोकेकोले म निश्चय नै तँलाई आशिष् दिनेछु।
उत्पत्ति 22:15-16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब याहवेहका दूतले स्वर्गबाट अब्राहामलाई दोस्रो पल्ट बोलाए, र भने, “मैले आफ्नै नाममा शपथ खाएको छु, भनी याहवेह घोषणा गर्नुहुन्छ, कि तैँले यो काम गरेको छस्, र तैँले आफ्नो एक मात्र छोरालाई मबाट नरोकेको कारण
उत्पत्ति 22:15-16 पवित्र बाइबल (NERV)
परमप्रभुका स्वर्गदूतले दोस्रो पल्ट अब्राहामलाई बोलाए। ती स्वर्गदूतले भने, “तिमीले मेरो निम्ति आफ्नो छोरो मार्न तत्पर थियौ, यसर्थ तिमीले यस्तो गरेको हुनाले म यो प्रतिज्ञा गर्छु।
उत्पत्ति 22:15-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुका दूतले दोस्रोचोटि स्वर्गबाट अब्राहामलाई बोलाएर भने, “म आफ्नै नाममा शपथ खाँदछु। परमप्रभु भन्दै हुनुहुन्छ, म तँलाई धेरै आशिष् दिनेछु। तैँले यो काम गरिस् कि तेरो एउटै छोरालाई पनि मबाट रोकी आफैंसँग राख्न खोजिनस्