उत्पत्ति 28:20-22
उत्पत्ति 28:20-22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब याकूबले यसो भन्ने भाकल गरे, “यदि परमेश्वर मेरो साथमा रहनुभयो, मेरो यात्रामा मलाई रक्षा गर्नुभयो, मलाई खानलाई रोटी र लाउनलाई वस्त्र दिनुभयो, अनि म कुशलपूर्वक फेरि मेरा बुबाको घरमा आउन पाएँ भने, परमप्रभु नै मेरा परमेश्वर हुनुहुनेछ। र मैले खामो बनाएको यो ढुङ्गाचाहिँ परमेश्वरको घर हुनेछ, र तपाईंले मलाई दिनुभए जति सबैको दशांश म तपाईंलाई अवश्य चढ़ाउनेछु।”
उत्पत्ति 28:20-22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब याकोबले यसो भनेर भाकल गरे, “यस यात्रामा यदि परमेश्वर मेरो साथमा रहनुभयो, मलाई रक्षा गर्नुभयो; मलाई खानलाई भोजन र लाउनलाई लुगा दिनुभयो, र म मेरा पिताको घरमा सुरक्षित फर्केर आएँ भने याहवेह मेरा परमेश्वर हुनुहुनेछ; अनि मैले खाँबोझैँ ठड्याएको ढुङ्गाचाहिँ परमेश्वरको घर हुनेछ, र तपाईंले मलाई दिनुहुने सबै कुराको दशांश म तपाईंलाई दिनेछु।”
उत्पत्ति 28:20-22 पवित्र बाइबल (NERV)
तब याकूबले एउटा प्रतिज्ञा गरे। उनले भने, “यदि परमेश्वर मसँगै रहनु भयो अनि म जहाँ जान्छु त्यहाँ मेरो रक्षा गर्नु भयो भने अनि परमेश्वरले मलाई खान भोजन र लगाउन लुगाहरू दिनु भयो भने। यदि म आफ्नो बुबाकहाँ सुरक्षित र शान्तिसित फर्किन सकें, यदि परमेश्वरले यी सबै कामहरू मेरो लागि गर्नु भयो भने तब परमप्रभु मेरो परमेश्वर हुनु हुनेछ। त्यो ठाउँ जहाँ मैले त्यो ढुङ्गा उभ्याएँ परमेश्वरको पवित्र स्थान हुनेछ अनि परमेश्वरले मलाई जे दिनुहुन्छ त्यसको एक दशांश म तपाईंलाई चढाउँनेछु।”
उत्पत्ति 28:20-22 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तब याकूबले परमप्रभुसित एउटा भाकल गरे, “यदि तपाईं मसँग रहनुभयो र मेरा यात्रामा मेरो रक्षा गर्नुभयो मलाई भोजन र वस्त्र दिनुभयो र म कुशलसाथ मेरा बुबाको घरमा फर्की आएँ भने तपाईं मेरा परमेश्वर हुनुहुनेछ। मैले खडा गरेको यो ढुङ्गा परमेश्वरको घर हुनेछ र तपाईंले मलाई दिनुभएको प्रत्येक कुराका दश भागमा एक भाग म तपाईंलाई चढाउनेछु।”