उत्पत्ति 35:11-12
उत्पत्ति 35:11-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमेश्वरले तिनलाई भन्नुभयो, “म सर्वशक्तिमान् परमेश्वर हुँ। फल्दै-फुल्दैजा, र संख्यामा तेरो वृद्धि होस्। एउटा जाति र जातिहरूको समूह तँबाट उत्पन्न हुनेछन्, र राजाहरू पनि तँबाट उत्पन्न हुनेछन्। अब्राहाम र इसहाकलाई मैले दिएको देश म तँलाई दिनेछु, र म त्यो देश तँपछि हुने तेरा सन्तानलाई दिनेछु।”
उत्पत्ति 35:11-12 पवित्र बाइबल (NERV)
परमेश्वरले उसलाई भन्नुभयो, “म सर्वशक्तिमान परमेश्वर हुँ अनि म तिमीलाई आशीर्वाद दिन्छु। फल्दै-फुल्दै अनि बढदै जाऊ। तिम्रा सन्तानहरूबाट धेरै राष्ट्र अनि राजाहरू बनिनेछन्। मैले अब्राहाम र इसहाकलाई विशेष भूमि दिएँ र अब तिमीलाई त्यो भूमि दिनेछु। अनि त्यो भूमि तिमीपछि आउने तिम्रा सन्तानलाई पनि दिनेछु।”
उत्पत्ति 35:11-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि परमेश्वरले तिनलाई भन्नुभयो, “म सर्वशक्तिमान् परमेश्वर हुँ; फल्दै-फुल्दै र संख्यामा वृद्धि हुँदै जानू। तँबाट एउटा राष्ट्र र जाति-जातिहरूको एउटा समुदाय निस्कनेछ; र तेरा सन्तानहरूका बीचबाट राजाहरू निस्कनेछन्। मैले अब्राहाम र इसहाकलाई दिएको देश म तँलाई पनि दिनेछु, र यही देश म तँपछि तेरा सन्तानहरूलाई पनि दिनेछु।”
उत्पत्ति 35:11-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अनि परमेश्वरले उनलाई भन्नुभयो, “म सर्वशक्तिमान् परमेश्वर हुँ। तेरा धेरै सन्तानहरू हुनेछन्। तँबाट जाति-जातिहरू जन्मनेछन् र तँ राजाहरूका पुर्खा हुनेछस्। मैले अब्राहाम र इसहाकलाई दिएको देश तँलाई र तँपछि तेरो वंशलाई दिनेछु।”