उत्पत्ति 4:6-7
उत्पत्ति 4:6-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब परमप्रभुले कयिनलाई भन्नुभयो, “तँ किन रिसाउँछस्? तेरो मुख किन अँध्यारो छ? यदि तैंले जे ठीक छ त्यो गरिस् भने तँ ग्रहणयोग्य हुँदैनस् र? तर यदि तैंले ठीक काम गरिनस् भनेता पाप तेरो ढोकैमा ढुकिबस्छ। त्यसको इच्छा तँप्रति हुन्छ, तर तैंले त्यसलाई अधीन गर्नैपर्छ।”
उत्पत्ति 4:6-7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब याहवेहले कयिनलाई भन्नुभयो, “तँ किन रिसाउँछस्? तेरो मुख किन उदास छ? तैँले जे ठिक छ, सो गरिस् भने के तँ स्वीकारयोग्य हुँदैनस् र? तर तैँले जे ठिक छ, सो गरिनस् भने पाप तेरो ढोकामा ढुकिबसेको छ; त्यसले तँलाई अधीनमा राख्न खोज्छ, तर तैँले त्यसलाई अधीन गर्नैपर्छ।”
उत्पत्ति 4:6-7 पवित्र बाइबल (NERV)
परमप्रभुले कयिनलाई सोध्नु भयो, “तँ किन रिसाएको छस्? तँ किन आफ्नो अनुहार अँध्यारो पार्दछस्? यदि तैंले राम्रो काम गरिस् भने म तँलाई स्वीकार गर्छु अनि तैंले नराम्रो काम गरिस् भने पापले तँलाई एकदमै नियन्त्रण गर्नेछ तर तँ यसको मालिक हुनै पर्छ।”
उत्पत्ति 4:6-7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तब परमप्रभुले कयिनलाई भन्नुभयो, “तँ किन रिसाइस्? तेरो अनुहार किन बिग्रियो? तैँले ठीक काम गरेको भए, तँ हाँस्न पाउनेथिइस् तर तैँले खराब काम गरिस् र पाप तेरो ढोकामा आई ढुकिरहेको छ। त्यसले तँलाई अधीन गर्न खोज्छ तर तैँले त्यसलाई अधीन गर्नुपर्छ।”