हबकूक 3:17-18
हबकूक 3:17-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
चाहे अञ्जीरका रूखमा मुना नलागोस्, र दाखका बोटमा फल नफलोस्, चाहे जैतून रूखमा फल नलागोस्, र खेतले अन्न नउब्जाओस्, खोरमा भेड़ाबाख्रा नभए पनि र गोठमा गाईबस्तुहरू रहेनन् भने पनि, म परमप्रभुमा रमाहट गर्नेछु, म मेरो उद्धार गर्नुहुने परमेश्वरमा रमाउनेछु।
हबकूक 3:17-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
चाहे नेभाराको रूखमा मुनाहरू नलागोस्, र अङ्गुरको बोटमा फल नफलोस्; चाहे जैतुनको रूखले फल नफलाओस्, र खेतबारीले अन्नबाली नउब्जाओस्, चाहे खोरमा भेडाबाख्रा र गोठहरूमा गाईबस्तु नरहून्। तापनि म याहवेहमा रमाउनेछु। मेरो उद्धारकर्ता परमेश्वरमा आनन्दित हुनेछु।
हबकूक 3:17-18 पवित्र बाइबल (NERV)
चाहे नेभाराको रूखमा फल लागोस् अथवा नलागोस्, दाखको बोटमा फल लागोस् अथवा नलागोस्, भद्राक्षको बोटमा फल लागोस् अथवा नलागोस्, अन्न भुमिमा उम्रियोस् अथवा नउम्रियोस्, खोरमा केही भेंडाहरू होस् अथवा नहोस्, गोठहरूमा केही गाईहरू होस् अथवा नहोस्। तर म अझै परमप्रभुमा आनन्दित रहने छु। म मेरो उद्धारकर्ता परमेश्वरमा रमाउनेछु।
हबकूक 3:17-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
चाहे नेभाराको रूखमा मुना नलागोस् र दाखका बोटहरूमा अङ्गुर नफलोस्, जैतुनको बोटमा फल नफलोस्, र खेतमा अन्न नउब्जोस्, खोरमा भेडा-बाख्रा नभए पनि र गोठमा गाई-वस्तुहरू रहेनन् भने पनि मचाहिँ परमप्रभुमा रमाउनेछु र आनन्द मनाउनेछु किनभने परमप्रभु परमेश्वर मेरा उद्धारकर्त्ता हुनुहुन्छ।