यशैया 33:15-16
यशैया 33:15-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यही, जो धार्मिकतासाथ हिँड्दछ, र ठीक कुरा गर्दछ, करकापसित लिएको नाफा इन्कार गर्छ, जसले घूस लिन आफ्नो हात बढ़ाउँदैन, जसले हत्याका षड्यन्त्रप्रति आफ्नो कान थुन्छ, दुष्ट्याइँको चिन्तन गर्नुभन्दा आफ्नो आँखा चिम्लन्छ। त्यही मानिस उच्चमा बस्नेछ, जसको शरणस्थान पहाड़को किल्ला हुनेछ। त्यसको भोजन त्यसलाई दिइनेछ र त्यसलाई पानीले धोका दिनेछैन।
यशैया 33:15-16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यही मानिस, जो धार्मिकतामा चल्छ, र जे ठिक छ, त्यही बोल्छ; जसले लुटको लाभलाई इन्कार गर्छ, र आफ्नो हातलाई घूस लिनबाट अलग राख्छ, जसले हत्याको षड्यन्त्रको विरुद्ध आफ्ना कान बन्द गर्छ, र आफ्ना आँखा दुष्टता हेर्नबाट बन्द गर्छ; यस्तो मानिस उच्च स्थानहरूमा वास गर्नेछ, जसको शरणस्थान पहाडको किल्ला हुनेछ। त्यसलाई रोटी जुटाइनेछ, र त्यसलाई पानीको अभाव हुनेछैन।
यशैया 33:15-16 पवित्र बाइबल (NERV)
असल, धार्मिक मानिसहरू जसले पैसाको लागि अरूलाई चोट पुर्याउन चाहँदैनन्, तिनीहरू यस आगोबाट छिरेर पनि बाँच्न सक्छन्। तिनीहरूले घुसहरू लिन स्वीकार गर्दैनन तिनीहरू अरूलाई हत्या गर्ने योजनाहरू फर्केर पनि हेर्दैनन्। ती मानिसहरू उच्च ठाउँहरूमा सुरक्षित बस्ने छन्। तिनीहरूले सधैँ भोजन र पानी पाउनेछन्। तिनीहरू उच्च चट्टाने किल्लाहरूमा सुरक्षित बस्नेछन्।
यशैया 33:15-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यदि तिमीहरूले ठीक कुरा बोल्यौ भने र ठीक काम गर्यौ भने तिमीहरू बाँच्नेछौ। तिमीहरूको बल गरीबलाई ठग्नलाई नचलाओ र घुस नखाओ। हत्या वा अन्य दुष्कर्म गर्नेहरूसित नलाग। अनि तिमीहरू कुशल रहनेछौ, एउटा बलियो किल्लामा बास गरेझैँ सुरक्षित हुनेछौ। तिमीहरू खानलाई भोजन र पिउनलाई पानी पाउनेछौ।