यशैया 33:22
यशैया 33:22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनभने परमप्रभु हाम्रा न्यायाधीश हुनुहुन्छ। परमप्रभु हामीलाई व्यवस्था दिने हुनुहुन्छ। परमप्रभु हाम्रा राजा हुनुहुन्छ। उहाँले नै हामीलाई बचाउनुहुनेछ।
यशैया 33:22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि याहवेह हाम्रा न्यायकर्ता हुनुहुन्छ; याहवेह हाम्रो व्यवस्थादाता हुनुहुन्छ; याहवेह हाम्रा राजा हुनुहुन्छ; हामीलाई बचाउनुहुने उहाँ नै हुनुहुन्छ।
यशैया 33:21-23 पवित्र बाइबल (NERV)
किनभने सेनाहरूका परमप्रभु त्यहाँ हुनुहुन्छ। त्यो जग्गा खोला र फैलिएको नदीहरूको ठाउँ हो। तर त्यहाँ कुनै पनि शत्रुहरूका नाँउहरू र शक्तिशाली जहाजहरू छैनन्। तिमीहरू जो त्यस नाँउहरूमा काम गरिरहेछौ तिमीहरू डोरीहरू सहित ती कामबाट भाग्न सक्छौ। तिमीहरू एकदम दरिलो खम्बा बनाउनँ सक्दैनौ। तिमीहरू पालहरू खोल्न सक्ने हुँदैनौ। किनभने परमप्रभु नै हाम्रा न्यायकर्ता हुनुहुन्छ। परमप्रभुले हामीलाई व्यवस्था गरिदिनु हुन्छ। परमप्रभु नै हाम्रा राजा हुनुहुन्छ। उहाँले नै हामीलाई बचाउनु हुन्छ। यसैले परमप्रभुले हामीलाई प्रशस्त धन सम्पत्ति दिनु हुन्छ। लङ्गडा मानिसहरूले पनि युद्धमा ठूलो सम्पत्ति जित्नेछ।
यशैया 33:22-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
ती जहाजका पाल टाँग्ने सर-सामान व्यर्थ छन्। शत्रुका सेनाका सारा धन-सम्पत्ति हामी कब्जा गर्नेछौं र ती यति धेरै हुनेछन् कि लङ्गडाले पनि आफ्नो बन्डा पाउन सक्छ। परमप्रभु आफैं हाम्रा राजा हुनुहुनेछ। उहाँले हामीमाथि शासन गर्नुहुनेछ र रक्षा गर्नुहुनेछ।