यशैया 4:5
यशैया 4:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि परमप्रभुले सियोन पर्वतमाथि र त्यहाँ भेला हुनेहरूमाथि दिउँसो धूवाँको बादल र राती प्रज्वलित आगोको चमक सृष्टि गर्नुहुनेछ। सबैमाथि महिमा एउटा छत्र हुनेछ।
शेयर गर्नुहोस्
यशैया 4 पढ्नुहोस्यशैया 4:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसपछि याहवेहले सियोन पर्वतमाथि र त्यहाँ भेला हुने जातिमाथि दिनमा धुवाँको बादल अनि राति बल्दो आगोको ज्योति सृष्टि गरिदिनुहुनेछ; त्यस सम्पूर्ण महिमामाथि एउटा मण्डप हुनेछ।
शेयर गर्नुहोस्
यशैया 4 पढ्नुहोस्यशैया 4:5 पवित्र बाइबल (NERV)
तब परमप्रभुले प्रमाण गर्नुहुनेछ कि उहाँ आफ्ना मानिसहरूसँगै हुनहुन्छ। परमेश्वरले दिनभरि धुवाँले भरिएको बादल बनाउनु हुनेछ। अनि रातभरि बल्दै गरेको आगोको ज्वाला उज्जवल बनाउनु हुनेछ। यी प्रमाणहरू सियोन पर्वतमाथि प्रत्येकमा अनि तिनीहरूको सबै सभाहरूमाथि हुनेछन्। प्रत्येकमाथि सुरक्षाको घेरा हुनेछ।
शेयर गर्नुहोस्
यशैया 4 पढ्नुहोस्