यशैया 42:3-4
यशैया 42:3-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
फुटेको निगालो तिनले भाँच्नेछैनन्, र धिपधिप भइरहेको सलेदो तिनले निभाउनेछैनन्। तिनले विश्वस्ततामा न्याय गर्नेछन्। जबसम्म तिनले पृथ्वीमा इन्साफ स्थापित गरिसक्दैनन् तबसम्म न त तिनी दुर्बल हुनेछन्, न निरुत्साहित हुनेछन्। तिनको व्यवस्थामा टापूहरूले आफ्नो आशा राख्नेछन्।”
यशैया 42:3-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
फुटेको निगालोलाई तिनले भाँच्नेछैनन्, र निभ्न लागेको सलेदोलाई तिनले फुकिदिनेछैनन्। तिनले विश्वासयोग्यतामा न्याय गर्नेछन्; जबसम्म तिनले पृथ्वीमा न्याय स्थापित गर्नेछैनन्; तिनी कमजोर हुने निरुत्साहित हुनेछैनन्। तिनको व्यवस्थामा टापुहरूले समेत आफ्नो आशा राख्नेछन्।”
यशैया 42:3-4 पवित्र बाइबल (NERV)
ऊ भद्र हुनेछ, उसले पानीको छेउमा उम्रने निगालो सम्म भाँच्ने छैन। उसले निभ्न लागेको कम्जोर दियोलाई सम्म फुकी निभाउने छैन्। उसले निष्पक्ष रूपमा जाँच गरेर सत्य कुरा निकाल्ने छ। उसले जबसम्म संसारमा खास इन्साफ ल्याउने छैन, तबसम्म ऊ कमजोर हुने छैन। नत शिथिल नै हुने छ अनि टाढा देशमा बस्ने मानिसहरूले उनमाथि विश्वास राख्नेछन्।”
यशैया 42:3-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसले नुहेको निगालोलाई भाँच्नेछैन, निभ्न लागेको दियोलाई निभाउनेछैन, त्यसले सबैसित अटल न्याय गरिदिनेछ। त्यसले आफ्नो आशा र साहस हराउनेछैन, त्यसले पृथ्वीमा न्याय स्थिर गर्नेछ, टाढा-टाढाका देशहरूले उत्सुक भई त्यसका व्यवस्थामा आशा राख्नेछन्।”