यशैया 43:16-17
यशैया 43:16-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभु यही भन्नुहुन्छ— “समुद्रमा बाटो बनाउनुहुने, शक्तिशाली सागरमा मार्ग बनाउनुहुने, रथहरू र घोड़ाहरू, सेना र थप सेनालाई एकैसाथ निकाल्नुहुने, तिनीहरू जो फेरि उठ्न नसक्ने गरी पड़िरहेका थिए, सलेदो निभाएझैँ निभाएका थिए
यशैया 43:16-17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेह यसो भन्नुहुन्छ, जो समुद्रबाट बाटो बनाउनुहुने, शक्तिशाली सागरमा मार्ग बनाउनुहुने, रथ र घोडाहरू, सेना र थप सेनालाई एकैसाथ निकाल्नुहुने, तिनीहरू, जो फेरि उठ्न नसक्ने गरी लोटेका थिए; सलेदो निभाइएझैँ निभाइएका थिए
यशैया 43:16-17 पवित्र बाइबल (NERV)
परमप्रभुले समुद्रमा बाटोहरू बनाउनु हुनेछ। उहाँले धमिलो पानीबाट पनि आफ्ना मानिसहरूको लागि बाटो बनाउनु हुनेछ। अनि परमप्रभु भन्नुहुन्छ, “मानिसहरू ज-जसले मेरो विरूद्ध तिनीहरूको रथहरू, घोडाहरू, र सेनाहरू सहित लड्ने छन तिनीहरू पराजित हुनेछन्। तिनीहरू फेरि उठ्न सक्ने छैनन तिनीहरू नष्ट हुनेछन्। तिनीहरू मैनबत्ती जस्तो थामिने छन्।
यशैया 43:16-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
उहिल्यै परमप्रभुले सागर बीचबाट भएर जाने एउटा बाटो बनाउनुभयो, उर्लंदो पानीको बीच भएर जाने एउटा मार्ग। एउटा शक्तिशाली सेनालाई रथ र घोडाहरूका सेनालाई उहाँले नाश पार्नुभयो। तिनीहरू कहिल्यै नउठ्ने गरी लोटे, दियोको ज्वाला निभाएझैँ तिनीहरू निभाइए!