यशैया 43:20-21
यशैया 43:20-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
जङ्गली जनावरहरूले पनि मलाई आदर गर्नेछन् अनि स्याल र शुतुरमुर्गले मेरो प्रशंसा गाउनेछन्, जुन बेला आफ्ना छानेको प्रजालाई पानी दिन म मरुभूमिमा खोलाहरू बहाउनेछु। ती मैले आफ्नै निम्ति सृजेका मानिसहरू हुन् र तिनीहरूले मेरो प्रशंसा गाउनेछन्!”
यशैया 43:20-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जङ्गली जनावरहरू, स्यालहरू र लाटोकोसेराहरूले मेरो इज्जत गर्छन्, किनभने म मेरा मानिसहरू, मेरा चुनिएकाहरूलाई पिउनका निम्ति मरुभूमिमा पानी अनि रूखो जमिनमा खोलाहरू दिन्छु, त्यस जातिलाई, जसलाई मेरो प्रशंसाको घोषणा गरून् भनेर मेरो निम्ति मैले बनाएँ।
यशैया 43:20-21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जङ्गली जनावरहरू, स्यालहरू र उल्लुहरूले मलाई आदर गर्छन्; किनकि म आफ्नो चुनिएको जातिलाई पिउनका निम्ति मरुभूमिमा पानी र उजाडस्थानमा खोलाहरू प्रबन्ध गर्छु। मैले आफ्नै निम्ति रचेको जातिको निम्ति, ताकि तिनीहरूले मेरो प्रशंसा घोषणा गरून्।
यशैया 43:20-21 पवित्र बाइबल (NERV)
यसले गर्दा जङ्गली पशुहरू सम्मले मलाई धन्यवाद प्रकट गर्नेछन्। विशाल पशुहरू र चराहरूले पनि मप्रति धन्यवाद प्रकट गर्नेछ। तिनीहरूले मलाई सम्मान गर्नेछन् जब म मरुभूमिमा पानी पार्नेछु। म यसो गर्नेछु मेरा मानिसहरूलाई पानी दिनलाई-जसलाई मैले रोजे। ती मानिसहरूलाई मैले बनाएको हो। अनि ती मानिसहरूले मेरो स्तुति गान गाउनेछन्।