यशैया 46:3-4
यशैया 46:3-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“हे याकूबका घराना, ध्यानसित सुन, इस्राएलका घरानाका बाँचेका सबै, जसलाई मैले गर्भदेखि नै थामेको छु र तँलाई जन्मैदेखि बोकेको छु। तिमीहरूको बुढ़ेसकालसम्म र कपाल फुलेको अवस्थासम्म म त्यही हुँ, म त्यही हुँ जसले तँलाई थाम्नेछ। मैले तँलाई बनाएको हुँ, र म तँलाई बोकेर हिँड्नेछु, र तँलाई बचाउनेछु र छुटाउनेछु।
यशैया 46:3-4 पवित्र बाइबल (NERV)
“हे याकूबका परिवार, मलाई ध्यान दिएर सुन। इस्राएलबाट आएका सारा मानिसहरू जो अझ जीवित छन्, ध्यान दिएर सुन्। मैले तिमीहरूलाई बोकी ल्याएको हुँ। तिमीहरू आफ्ना आमाको गर्भमा हुँदादेखि नै मैले बोकी ल्याएको हुँ। जब तिमीहरू जन्मियौ मैले बोकेर ल्याएँ अनि जब तिमीहरू वृद्ध हुनेछौ म बोकी नै रहनेछु। तिमीहरूका कपालहरू सेतै पाकी सक्नेछ, त्यति बेला पनि म तिमीहरूलाई बोकी नै रहने छु, किनभने मैले तिमीहरूलाई बनाएको हुँ। म लगातार तिनीहरूलाई बोकी रहनेछु अनि म तिमीहरूलाई बचाउनेछु।
यशैया 46:3-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“हे याकूबका सन्तानहरू हो, मेरो कुरा सुन। मेरा प्रजाबाट बाँकी रहेका सबैले सुन। तिमीहरू जन्मेको घडीदेखि मैले तिमीहरूको हेरचाह गरेको छु। म तिमीहरूका परमेश्वर हुँ, तिमीहरू बुढो भएर केश पाक्दा पनि म तिमीहरूको हेरचाह गर्नेछु। मैले तिमीहरूलाई बनाएँ र तिमीहरूको हेरचाह गर्नेछु, म तिमीहरूलाई मद्दत गर्नेछु र छुटकारा दिनेछु।