यशैया 52:14-15
यशैया 52:14-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
धेरै मानिसहरू त्यसलाई देख्दा विचलित भएका थिए, त्यो यस्तो बेरूप भएको थियो कि मानिसजस्तो देखिंदैनथ्यो। तर अब धेरै जातिहरू त्यसलाई देखेर छक्कपर्नेछन्, राजाहरू आश्चर्य मानी बोल्न सक्नेछैनन्। तिनीहरूले हेर्नेछन् र हामीले कहिल्यै नजानेको कुरा भएछ भनी बुझ्नेछन्।”
यशैया 52:14-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जसरी उसदेखि धेरै जना व्याकुल थिए— उसको अनुहार चिन्नै नसकिने गरी र उसको चेहरा मानिसको भन्दा पनि कुरूप बनाइएको थियो— त्यसरी नै उसले धेरै जातिहरूमाथि छर्कनेछ। उसको कारण राजाहरू चूपचाप रहनेछन्। किनकि तिनीहरूलाई नभनेको कुरा तिनीहरूले देख्नेछन्, र तिनीहरूले नसुनेका कुरा तिनीहरूले बुझ्नेछन्।
यशैया 52:14-15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जसरी उसदेखि धेरै जना चकित थिए— उसको अनुहार चिन्नै नसकिने गरी र उसको रूप मानिसको भन्दा पनि कुरूप बनाइएको थियो— त्यसरी नै उसले धेरै जातिहरूलाई पवित्र पार्नेछ; उसको कारण राजाहरूले आफ्ना मुख बन्द गर्नेछन्। किनकि तिनीहरूलाई नभनिएको कुराहरू तिनीहरूले देख्नेछन्; तिनीहरूले नसुनेका कुराहरू तिनीहरूले नै बुझ्नेछन्।
यशैया 52:14-15 पवित्र बाइबल (NERV)
तर मानिसहरू मेरो दासलाई देखेर छक्क पर्नेछन्। उसलाई यस्तो प्रकारले चोट पुर्याइएको थियो कि उसलाई मानिस भनेर चिन्नलाई पनि गाह्रो पर्थ्यो। तर अझ मानिसहरू छक्क पर्नेछन्। राजाले उसलाई हेर्नेछन, छक्क पर्नेछन् र मुखबाट एक शब्द पनि निस्कने छैन्। ती मानिसहरूले मेरो दासको कथा सुनेनन्। तिनीहरूले के भयो देखे। तिनीहरूले त्यो कथा सुनेनन् तर तिनीहरूले बुझे।”