यशैया 55:10-11
यशैया 55:10-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जसरी वृष्टि र हिउँ आकाशबाट झर्छ र त्यतैतिर फर्केर जाँदैन, तर जमिनलाई भिजाएर बाली उमार्छ, र छर्नेलाई बीउ र खानेलाई भोजन दिन्छ, त्यसरी नै मेरो मुखबाट निस्कने मेरो वचन पनि हुनेछ। त्यो मकहाँ व्यर्थै फर्कनेछैन, तर मैले इच्छा गरेको काम त्यसले पूरा गर्नेछ, र जुन कामको निम्ति म त्यसलाई पठाउँछु, त्यसमा त्यो सफल हुनेछ।
यशैया 55:10-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जसरी वर्षा र हिउँ आकाशबाट तल झर्छ, र पृथ्वीलाई नभिजाएसम्म र त्यसमा कोपिला लागेर उब्जनी नदिएसम्म, त्यसले छर्नेलाई बिउ र खानेलाई भोजन नदिएसम्म फर्केर जाँदैन; त्यसरी नै मेरो मुखबाट निस्केको वचन पनि त्यस्तै हुनेछ: त्यो मकहाँ व्यर्थै फर्कनेछैन, तर त्यसले मैले इच्छा गरेको काम सम्पन्न गर्छ; अनि मैले जुन उद्देश्यले त्यसलाई पठाएँ, त्यो प्राप्त गर्छ।
यशैया 55:10-11 पवित्र बाइबल (NERV)
“पानी र हिँऊ आकाशबाट बर्षिन्छ अनि तिनीहरू फर्केर आकाश तिर जाँदैन्। जब सम्म तिनीहरूले धर्तीलाई छोएर त्यसलाई भिजाउँदैन्। तब धर्तीले बिऊमा टुसा उमार्छ। ती टुसाहरूले किसानकोलागि अन्न उब्जाउँछन् अनि मानिसहरूले ती अन्न रोटी बनाई खान्छन्। यस्तै प्रकारले मेरा वचनहरूले जब मेरो मुख छाड्दछ, अनि ती वचनहरूले केही नगरून्जेल सम्म फर्की आउँदैन्। मेरा वचनहरूले घटनाहरू घटाउने गर्छ जुन म चाहन्छु। मैले पठाएका ती वचनहरू आफ्नो काम गर्न सफल हुन्छन्।
यशैया 55:10-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“मेरो वचन पृथ्वीलाई भिजाउन आकाशबाट झर्ने वर्षा र हिउँजस्तो छ; त्यसले जमिन नभिजाई फर्कंदैन र त्यसले छर्नलाई बिउ र खानालाई भोजन दिन्छ। मेरो मुखबाट निस्कने वचन पनि त्यस्तै छ, मैले इच्छा गरेको काम त्यसले पूरा गरिछोड्नेछ, जुन काम गर्न म त्यसलाई पठाउनेछु, ती पूरा गरिछोड्नेछ।