यशैया 60:5
यशैया 60:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब तैँले हेर्नेछस् र चम्कनेछस्; तेरो हृदय उल्लासित हुनेछ र आनन्दले फुल्नेछ; समुद्रको सम्पत्ति तँकहाँ ल्याइनेछ; जातिहरूका धन तँकहाँ आउनेछ।
शेयर गर्नुहोस्
यशैया 60 पढ्नुहोस्यशैया 60:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब यो देखेर तँ उज्ज्वल हुनेछस्, र तेरो हृदय आनन्दले गद्गद् हुनेछ। समुद्रका धन तँतर्फ ल्याइनेछन्, जाति-जातिको सम्पत्ति तँकहाँ आउनेछ।
शेयर गर्नुहोस्
यशैया 60 पढ्नुहोस्यशैया 60:5 पवित्र बाइबल (NERV)
“यो भविष्यमा पूरा हुनेछ। अनि त्यस समय, तिमीहरूले आफ्ना मानिसहरूलाई देख्नेछौ। अनि तिमीहरूका अनुहार खुशीले चम्किनेछन्। पहिला तिमीहरू डराउनेछौ तर पछि तिमीहरू खुशीले उत्तेजित हुनेछौ। समुद्रहरू तरेर आएका सारा सम्पत्तिहरू तिमीहरू समक्ष राखिनेछन्, जाति-जातिका सम्पत्तिहरू तिमीहरूकहाँ नै आउनेछन्।
शेयर गर्नुहोस्
यशैया 60 पढ्नुहोस्