YouVersion लोगो
खोज आइकन

यशैया 61:1-3

यशैया 61:1-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

प्रभु याहवेहको आत्मा ममाथि छ; किनकि गरिबहरूलाई सुसमाचार सुनाउनका निम्ति याहवेहले मलाई अभिषेक गर्नुभएको छ। उहाँले मलाई टुटेका हृदयहरूलाई जोड्न, कैदमा परेकाहरूलाई स्वतन्त्रताको घोषणा गर्न, र बन्धनमा परेकाहरूलाई अन्धकारबाट मुक्त गर्न, याहवेहको निगाहको वर्ष र हाम्रा परमेश्‍वरको बदलाको घोषणा गर्न, शोक गर्नेहरूलाई सान्त्वना दिन, र सियोन पर्वतमा शोकाकुल हुनेहरूलाई प्रबन्ध गरिदिन, तिनीहरूलाई खरानीको सट्टा सुन्दरताको मुकुट प्रदान गर्न, विलापको सट्टा आनन्दको तेल दिन, निराशाको आत्माको सट्टा प्रशंसाको पोशाक पहिराइदिन पठाउनुभएको छ। उहाँको गौरव प्रदर्शन गर्न तिनीहरूलाई याहवेहले रोप्नुभएको धार्मिकताका फलाँटहरू भनिनेछन्।

शेयर गर्नुहोस्
यशैया 61 पढ्नुहोस्

यशैया 61:1-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

परमप्रभु परमेश्‍वरका आत्‍मा ममाथि छ, किनभने गरीबहरूलाई सुसमाचार सुनाउनका निम्‍ति परमप्रभुले मलाई अभिषेक गर्नुभएको छ। मन भाँचिएकाहरूको हृदयलाई बाँध्‍न, कैदमा परेकाहरूलाई स्‍वतन्‍त्रता दिन र बन्‍धनमा परेकाहरूलाई छुटकाराको घोषणा गर्न उहाँले मलाई पठाउनुभएको छ। परमप्रभुको प्रसन्‍नताको वर्ष, र हाम्रा परमेश्‍वरको बदला दिने दिनको घोषणा गर्न, सबै विलाप गर्नेहरूलाई सान्‍त्‍वना दिन, र सियोनमा विलाप गर्नेहरूलाई— खरानीको सट्टा सुन्‍दरताको मुकुट, र शोकको सट्टा आनन्‍दको तेल लगाइदिन, निराश मनको सट्टा प्रशंसाको पोशाक पहिराइदिन। उहाँका गौरवको प्रदर्शन होस्‌ भनेर परमप्रभुले नै रोप्‍नुभएको धार्मिकताका फलाँटहरू तिनीहरू कहलाइनेछन्‌।

शेयर गर्नुहोस्
यशैया 61 पढ्नुहोस्

यशैया 61:1-3 पवित्र बाइबल (NERV)

परमप्रभु, मेरो मालिकले आफ्नो आत्मा मभित्र हाल्नु भयो। परमेश्वरले मलाई गरीब मानिसहरूकहाँ सुसमाचार भन्न र पीडित मानिसहरूलाई सुख दिनकोलागि रोज्नु भयो। परमेश्वरले मलाई कैदीहरूलाई स्वतन्त्र हुनेछौ भन्नु र कैदीहरूलाई स्वतन्त्र पार्नु पठाउनु भयो। परमेश्वरले मलाई त्यो समय घोषणा गर्न पठाउनु भयो जब परमप्रभुले आफ्नो करूणा प्रकट गर्नु हुनेछ। परमेश्वरले मलाई त्यो समय घोषणा गर्नु पठाउन भयो जब उहाँले पापीहरूलाई दण्ड दिनुहुनेछ। परमेश्वरले दु:खी मानिसहरूलाई सान्त्वना दिन मलाई पठाउनुभयो। परमेश्वरले सियोनका दु:खी मानिसहरूका लागि मलाई पठाउनु भयो। उत्सवका लागि म तिनीहरूलाई तयार पार्नेछु। म तिनीहरूका टाउकोबाट खरानी पुछेर मुकुट लगाई दिनेछु। म तिमीहरूको दु:खमय जीवन हटाएर खुशीको तेल प्रदान गर्नेछु। म तिनीहरूको पीडा हटाएर उत्सवको निम्ति पोषाकहरू दिने छु। परमेश्वरले मलाई ती मानिसहरूलाई “धार्मिकताका वृक्षहरू” र “परमप्रभुको अद्भूत बोट” नाउँ दिनलाई पठाउनु भयो।

शेयर गर्नुहोस्
यशैया 61 पढ्नुहोस्

यशैया 61:1-3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

सार्वभौम परमप्रभुले आफ्‍नो आत्‍माले मलाई भन्‍नुभएको छ। उहाँले मलाई अभिषेक गर्नुभयो र गरीबलाई सु-सन्‍देश सुनाउन, टुटेका हृदयहरू बिसेक गराउन, कैदीहरूलाई छुटकारा र झ्‍यालखानमा थुनिएकाहरूलाई स्‍वतन्‍त्रताको घोषणा गर्न पठाउनुभयो। परमप्रभुले आफ्‍ना प्रजालाई बचाउने र शत्रुहरूलाई हार गराउने समय आइपुगेको छ भनी सुनाउन उहाँले मलाई पठाउनुभएको हो। विलाप गर्नेहरू सबैलाई सान्‍त्‍वना दिन पठाउनुभएको हो। सियोनमा विलाप गर्नेहरूलाई शोकको साटोमा आनन्‍द र रमाहट दिन उहाँले मलाई पठाउनुभएको हो, वेदनाको सट्टामा प्रशंसाको गीत दिन पठाउनुभएको हो। तिनीहरू आफैंले रोप्‍नुभएको फलाँटको? रूखझैँ हुनेछन्। जे ठीक छ, तिनीहरू सबैले त्‍यही गर्नेछन् र यसबाट परमेश्‍वरको महिमा हुनेछ।

शेयर गर्नुहोस्
यशैया 61 पढ्नुहोस्