बाइबल एप लोगो
खोज आइकन

याकूब 1:1-3 - सबै संस्करणहरू तुलना गर्नुहोस्

याकूब 1:1-3 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको सेवक याकूबबाट: ठाउँ-ठाउँमा छरपष्‍ट भएका बाह्र कुललाई, अभिवादन। मेरा भाइ हो, तिमीहरूमाथि विभिन्‍न किसिमका आपत्‌-विपत्‌ आइपर्दा तिनलाई पूरा आनन्‍दको कुरा सम्‍झ। किनकि तिमीहरू जान्‍दछौ, तिमीहरूका विश्‍वासको जाँचले धैर्य उत्‍पन्‍न गराउँछ।

शेयर गर्नुहोस्
याकूब 1 NNRV

याकूब 1:1-3 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

प्रभु येशू ख्रीष्‍ट र परमेश्‍वरको कमारो म याकूबले यो पत्र चारैतिर भएका इस्राएलका बाह्रै कुललाई लेख्‍दै छु। तिमीहरूलाई मेरो अभिवादन छ। मेरा भाइहरू, हरप्रकारका जाँच आइपर्दा आनन्‍दित होओ। तिमीहरू जान्‍दछौ, जब तिमीहरूको विश्‍वासको जाँच हुन्‍छ, तिमीहरूको सहने शक्ति बढ्छ।

शेयर गर्नुहोस्
याकूब 1 सरल नेपाली

याकूब 1:1-3 NERV (पवित्र बाइबल)

परमेश्वर अनि प्रभु येशू ख्रीष्टको एक सेवक याकूबद्वारा अभिवादन। परमेश्वरका मानिसहरू प्रति, जो संसारमा हरेक स्थानमा छरिएर रहेका छन्। अभिवादन! मेरो दाज्यू-भाइ अनि दिदी बहिनीहरू, जब तिमीहरूकहाँ नाना थरीका कष्टहरू हुन्छ तिमीहरू खुशी हुनुपर्छ। किनभने तिमीहरू जान्दछौ, कि यस्ता कुराले तिमीहरूको विश्वासलाई जाँच गर्दछ। अनि यसले तिमीहरूमा धैर्य सिर्जना गर्नेछ।

शेयर गर्नुहोस्
याकूब 1 NERV

याकूब 1:1-3 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको सेवक याकोबबाट, संसारैभरि छरिएका बाह्रै कुललाई: अभिवादन! मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूले धेरै किसिमका आपत्-विपत्‌हरूका सामना गर्नुपर्दा त्यसलाई अति आनन्द सम्झ; किनकि तिमीहरूको विश्‍वासको जाँचले धैर्य उत्पन्‍न गराउँछ भनी तिमीहरू जान्दछौ।

शेयर गर्नुहोस्
याकूब 1 NCV