बाइबल एप लोगो
खोज आइकन

याकूब 1:2-4 - सबै संस्करणहरू तुलना गर्नुहोस्

याकूब 1:2-4 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

मेरा भाइ हो, तिमीहरूमाथि विभिन्‍न किसिमका आपत्‌-विपत्‌ आइपर्दा तिनलाई पूरा आनन्‍दको कुरा सम्‍झ। किनकि तिमीहरू जान्‍दछौ, तिमीहरूका विश्‍वासको जाँचले धैर्य उत्‍पन्‍न गराउँछ। धैर्यलाई त्‍यसको पूरा काम गर्न देओ, ताकि तिमीहरूमा कुनै कुराको अभाव नभएर तिमीहरू परिपक्‍व र पूर्ण होओ।

शेयर गर्नुहोस्
याकूब 1 NNRV

याकूब 1:2-4 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

मेरा भाइहरू, हरप्रकारका जाँच आइपर्दा आनन्‍दित होओ। तिमीहरू जान्‍दछौ, जब तिमीहरूको विश्‍वासको जाँच हुन्‍छ, तिमीहरूको सहने शक्ति बढ्छ। तर कुनै कुरामा पनि नचुकी परिपक्‍व र सिद्ध हुन ती जाँचहरू सहँदै स्‍थिर भएर बस्‍न सिक्‍ने गर।

शेयर गर्नुहोस्
याकूब 1 सरल नेपाली

याकूब 1:2-4 NERV (पवित्र बाइबल)

मेरो दाज्यू-भाइ अनि दिदी बहिनीहरू, जब तिमीहरूकहाँ नाना थरीका कष्टहरू हुन्छ तिमीहरू खुशी हुनुपर्छ। किनभने तिमीहरू जान्दछौ, कि यस्ता कुराले तिमीहरूको विश्वासलाई जाँच गर्दछ। अनि यसले तिमीहरूमा धैर्य सिर्जना गर्नेछ। तिमीहरूले जे गर्छौ, त्यसमा तिमीहरूको पूरा धैर्यलाई काम गर्नु देऊ। तब तिमीहरू परिपक्क अनि पूर्ण हुनेछौ, तिमीहरूलाई कुनै कुराको अभाव हुनेछैन।

शेयर गर्नुहोस्
याकूब 1 NERV

याकूब 1:2-4 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूले धेरै किसिमका आपत्-विपत्‌हरूका सामना गर्नुपर्दा त्यसलाई अति आनन्द सम्झ; किनकि तिमीहरूको विश्‍वासको जाँचले धैर्य उत्पन्‍न गराउँछ भनी तिमीहरू जान्दछौ। तिमीहरू परिपक्व र पूर्ण भएर कुनै कुराको अभाव नहोस् भनेर धैर्यताले आफ्नो काम पूरा गर्नुपर्छ।

शेयर गर्नुहोस्
याकूब 1 NCV