न्यायकर्ताहरू 7:5-6
न्यायकर्ताहरू 7:5-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसैले गिदोनले मानिसहरूलाई तल खोलामा ल्याए, र परमप्रभुले तिनलाई भन्नुभयो, “हरेक मानिस जसले कुकुरले झैँ जिब्रोले पानी चाटेर पिउँछ त्यसलाई एकातिर राख्, र अर्कोतिर चाहिँ जसले घुँड़ा टेकेर पानी पिउँछ तिनीहरूलाई राख्।” पानी चाटेर पिउनेको संख्या तीन सय भयो, र बाँकीले आफ्नो हात मुखमा लगी घुँड़ा टेकेर पानी पिए।
न्यायकर्ताहरू 7:5-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण गिदोनले तिनीहरूलाई तल पानीमा लगे। त्यहाँ याहवेहले तिनलाई भन्नुभयो, “जसले कुकुरले झैँ जिब्रोले पानी चाटेर पिउँछ, त्यसलाई घुँडा टेकेर पिउनेबाट अलग्गै राख्।” तीन सय जनाले आफ्ना हात मुखमा लगेर पानी चाटेर पिए। बाँकी सबैले आफ्ना घुँडा टेकाएर पानी पिए।
न्यायकर्ताहरू 7:5-6 पवित्र बाइबल (NERV)
यसर्थ गिदोनले मानिसहरूलाई तल पानीमा लगे। पानीमा परमप्रभुले गिदोनलाई भन्नुभयो, “मानिसहरूलाई यसरी छुट्याऊः मानिसहरू जसले कुकुरले जस्तै जिब्रोले चाटेर पानी पिउँछन्, तिनीहरू एक समूहमा हुनेछन्। अनि ती मानिसहरू जो पानी पिउनका निम्ति घोप्टिन्छन् तिनीहरू अर्को समूहमा हुनेछन्।” तिनीहरूको हात प्रयोग नगरी चाटेर पानी पिउने मानिसहरूको संख्या 300 थियो अन्य सबै मानिसहरूले तल निहुरिएर पानी पिए।
न्यायकर्ताहरू 7:5-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
गिदोनले मानिसहरूलाई खोलामा लगे। परमप्रभुले भन्नुभयो, “ज-जसले कुकुरले जस्तो जिब्रोले पानी चाटेर पिउँछन्, तिनीहरूलाई एकातिर राख् र अर्कोतिर चाहिँ ज-जसले घुँडा टेकेर पानी पिउँछन्, तिनीहरूलाई राख्।” तीन सय मानिसहरूले पानी चाटेर पिए, बाँकी सबैले घुँडा टेकेर पानी पिए।