यर्मिया 11:20
यर्मिया 11:20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर हे सर्वशक्तिमान् परमप्रभु, तपाईं जसले धर्मसित न्याय गर्नुहुन्छ, र हृदय र मनको जाँच गर्नुहुन्छ, तपाईंले तिनीहरूमाथि बदला लिनुभएको म देख्न पाऊँ, किनभने तपाईंलाई नै मैले मेरो मुद्दा सुम्पिदिएको छु।
यर्मिया 11:20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर तपाईं सेनाहरूका याहवेह, जसले धार्मिकतासाथ न्याय गर्नुहुन्छ; अनि हृदय र मनलाई जाँच गर्नुहुन्छ; तिनीहरूमाथि तपाईंको बदला म देख्न पाऊँ; किनकि मैले मेरो मुद्दा तपाईंलाई सुम्पिदिएको छु।
यर्मिया 11:20 पवित्र बाइबल (NERV)
“तर हे परमप्रभु! तपाईं एक निष्पक्ष न्यायकर्त्ता हुनुहुन्छ। तपाईं मानिसहरूका हृदय र इच्छाहरू जाँच गर्नु हुन्छ। तपाईंले तिनीहरूलाई दिने सजाय मलाई जान्न दिनुहोस् कारण मैले मेरो मामला तपाईंलाई सुम्पेको छु।”
यर्मिया 11:20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तब मैले यसरी प्रार्थना गरें, “हे सर्वशक्तिमान् परमप्रभु, तपाईं मानिसहरूको न्याय गर्नुहुन्छ। तपाईंले मानिसहरूका हृदयका सोच र विचारको जाँच गर्नुहुन्छ। मेरा कुरा तपाईंका हातमा मैले सुम्पिसकेको छु। तपाईंले तिनीहरूसित बदला लिनुभएको म देख्न पाऊँ।”