यर्मिया 14:20-21
यर्मिया 14:20-21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे याहवेह, हामी आफ्ना दुष्टता र हाम्रा पितापुर्खाहरूका अपराधहरू जान्दछौँ; साँच्चै नै हामीले तपाईंको विरुद्धमा पाप गरेका छौँ। तर तपाईंको नामको खातिर हामीलाई घृणा नगर्नुहोस्; तपाईंको महिमित सिंहासनको अपमान नगर्नुहोस्। हामीसँग गर्नुभएको तपाईंको करार सम्झनुहोस्, र त्यस करारलाई नतोड्नुहोस्।
यर्मिया 14:20-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभु, हामीले तपाईंको विरुद्धमा पाप गरेका छौं, हामी आफ्ना पाप र हाम्रा पिता-पुर्खाका अपराध स्वीकार गर्दछौं। आफ्नो नामको खातिर हामीलाई तुच्छ नठान्नुहोस्। तपाईंको महिमापूर्ण सिंहासनमाथि बदनाम नल्याउनुहोस्। हामीसित बाँधेको आफ्नो करार नतोड्नुहोस्।
यर्मिया 14:20-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमप्रभु, हामी आफ्नो दुष्ट्याइँ, र हाम्रा पिता-पुर्खाहरूको दोष स्वीकार गर्दछौं। साँच्ची नै हामीले तपाईंको विरुद्धमा पाप गरेका छौं। तपाईंका नाउँको खातिर हामीलाई तुच्छ नठान्नुहोस्। तपाईंको महिमित सिंहासनको अनादर नगर्नुहोस्। हामीसित गर्नुभएको आफ्नो करारको सम्झना गर्नुहोस्, र त्यो भङ्ग नगर्नुहोस्।
यर्मिया 14:20-21 पवित्र बाइबल (NERV)
हे परमप्रभु, हामी जान्दछौ कि हामी दुष्ट मानिसहरू हौं। हामी जान्दछौ कि हाम्रा पिता-पुर्खाहरूले अधर्म कामहरू गरे। हो, हामीले तपाईंको विरूद्ध पाप गर्यौं। हे परमप्रभु, तपाईंको नाउँको लागि हामीलाई तिरस्कार नगर्नुहोस्। महिमामय सिंहासनमाथि अपमान नल्याउनु होस्। हामीसित रहेको तपाईंको करार भङ्ग नपार्नुहोस्।