यर्मिया 17:5-6
यर्मिया 17:5-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेह यसो भन्नुहुन्छ: “श्रापित होस् त्यो मानिस, जसले मानिसमाथि भरोसा राख्छ, जो आफ्नो शारीरिक शक्तिमा भर पर्छ; अनि जसको हृदय याहवेहबाट तर्किएर जान्छ। त्यो मानिस उजाड ठाउँमा भएको झाडीजस्तै हुनेछ; समृद्धि हुँदा तिनीहरूले त्यो देख्नेछैनन्। तिनीहरू मरुभूमिका सुक्खा ठाउँहरूमा, कोही पनि नबस्ने नुनिलो भूमिमा बसोबास गर्नेछन्।
यर्मिया 17:5-6 पवित्र बाइबल (NERV)
परमप्रभुले यी कुराहरू भन्नुभयो, “जुन मानिसले अरू मानिसमाथि भरोसा गर्छ, अनि शारीरिक शक्तिमाथि विश्वास गर्छ, र परमप्रभुबाट आफ्नो हृदय टाढो लैजान्छ त्यसलाई धिक्कार। ती मानिसहरू मरुभूमिमा उम्रने पोथ्रा झैं हुनेछन् अनि उन्नति तिनीहरूले देख्ने छैनन्। तिनीहरूले असल देख्दैनन् जब यो आउँछ।
यर्मिया 17:5-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभु भन्नुहुन्छ, “त्यो मानिस श्रापित हो, जसको हृदय मदेखि तर्किजान्छ, जसले मानिसमा र मरिजाने मानिसको शक्तिमा भरोसा राख्दछ। त्यो मरुभूमिको एउटा पोथ्राझैँ छ, जुन सुखा र उजाड-स्थानमा, केही नउम्रने नुनिलो जमिनमा उम्रन्छ, त्यो कहिल्यै सप्रँदैन।
यर्मिया 17:5-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभु यसो भन्नुहुन्छ: “श्रापित होस् त्यो मानिस, जसले मानिसमाथि भरोसा राख्तछ, र शारीरिक शक्तिमाथि भर पर्दछ, जसको हृदय परमप्रभुदेखि तर्किगएको छ। त्यो उजाड़-भूमिको पोथ्रोझैँ हुनेछ। उन्नति आउँदा त्यसले देख्नेछैन। त्यो मरुभूमिका सुक्खा ठाउँहरूमा बस्नेछ, अर्थात् नूनको जमिन जहाँ कोही पनि बस्दैन।