यर्मिया 18:9-10
यर्मिया 18:9-10 पवित्र बाइबल (NERV)
अर्को एक समय आउन सक्ला जब म एउटा राज्य अथवा जातिको बारेमा यसलाई खडा र स्थापित गराउँछु। तर यस्तो हुन सक्छ कि त्यो राज्यका मानिसहरूले नराम्रा कर्महरू गर्न सक्छन अनि मेरा आज्ञाहरू उल्लंघन गर्न सक्छन। तब राम्रा कामहरू जो मैले गर्न योजना गरको थिएँ त्यस विषयमा मेरो मन परिवर्तन गर्नेछु।
यर्मिया 18:9-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि यदि कुनै जाति अथवा कुनै राज्यको विषयमा म त्यसलाई बनाउनेछु र खड़ा गर्नेछु भनी कुनै समयमा मैले घोषणा गरेको छु भने, र त्यसले मेरो कुरा नसुनेर मेरो दृष्टिमा खराबी गर्यो र मेरो आज्ञापालन गरेन भनेदेखि, त्यसलाई असल गर्ने मेरो विचारमाथि फेरि म विचार गर्नेछु।
यर्मिया 18:9-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि अर्को समयमा कुनै राष्ट्र अथवा राज्यलाई पुनर्निर्माण र पुनर्स्थापित हुनेछ भनेर मैले घोषणा गरुँला, तर यदि त्यस राष्ट्रले मेरो दृष्टिमा दुष्टता गर्छ र मेरो आज्ञापालन गर्दैन भने, तब मैले त्यसका निम्ति भलाइ गर्न चाहेको योजनामा म पुनर्विचार गर्नेछु।