यर्मिया 23:3-4
यर्मिया 23:3-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“मैले तिनीहरूलाई धपाइदिएका सबै देशहरूबाट मेरा बगालका बाँचेकाहरूलाई म आफैँ भेला गर्नेछु र तिनीहरूलाई तिनीहरूकै खर्कमा फर्काएर ल्याउनेछु, जहाँ तिनीहरू फलवन्त हुनेछन् र संख्यामा वृद्धि हुँदै जानेछन्। म तिनीहरूमाथि गोठालाहरू राखिदिनेछु, जसले तिनीहरूको हेरचाह गर्नेछन्; अनि तिनीहरू फेरि डराउनेछैनन् र त्रसित हुनेछैनन्, न त कोही हराउनेछन्,” याहवेह भन्नुहुन्छ।
यर्मिया 23:3-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“मेरा बगालका बाँचेकाहरूलाई मैले तिनीहरूलाई धपाएका सबै देशहरूबाट जम्मा गरेर म आफै तिनीहरूलाई तिनीहरूको खर्कमा फर्काइल्याउनेछु, जहाँ तिनीहरू फलवन्त हुनेछन्, र संख्यामा तिनीहरूको वृद्धि हुनेछ। म तिनीहरूमाथि गोठालाहरू खटाउनेछु, जसले तिनीहरूलाई चराउनेछन्, र तिनीहरू न त डराउनेछन्, न तर्सनेछन्, न तिनीहरूमध्ये कुनै हराउनेछ,” परमप्रभु भन्नुहुन्छ।
यर्मिया 23:3-4 पवित्र बाइबल (NERV)
“अब मैले अन्य देशहरू तिर खेदिएका बगाल भेला पार्छु र तिनीहरूलाई चर्ने खर्कमा ल्याउँछु। जब म मेरा बगाललाई चर्ने खर्कमा ल्याउँछु तिनीहरू लाभदायक बनिन्छन र संख्या बढछ। म मेरा बगालको लागि नयाँ गोठाहरूलाई राख्नेछु। तिनीहरूले मेरो बगालको हेरचाह गर्नेछन्। अनि मेरा बगाल डराउने अथवा भयमीत हुने छैन। मेरो कुनै पनि बगाल हराउँने छैन।” यो परमप्रभुबाट आएको सन्देश हो।
यर्मिया 23:3-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मेरा बगालका बाँचेकाहरूलाई मैले तिनीहरूलाई खेदिपठाएका देशहरूबाट म भेला गरी ल्याउनेछु र तिनीहरूको आफ्नो देशमा फर्काई ल्याउनेछु। तिनीहरूका धेरै सन्तानहरू हुनेछन् र सङ्ख्या बढ्नेछ। तिनीहरूको हेरविचार गर्न म गोठालाहरू खटाउनेछु। मेरो प्रजा कहिले पनि डराउनेछैन न त भयभीत हुनेछ। म फेरि तिनीहरूलाई दण्ड दिनेछैनँ। म परमप्रभु बोलेको छु।”