यर्मिया 28:15-16
यर्मिया 28:15-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि यर्मिया अगमवक्ताले हनन्याह अगमवक्तालाई भने, “हे हनन्याह, सुन, परमेश्वरले तिमीलाई पठाउनुभएको होइन। तापनि तिमीले यी मानिसहरूलाई झूटा कुरामा विश्वास गर्न लगाएका छौ। यसकारण परमप्रभु यसो भन्नुहुन्छ: ‘मैले तँलाई यस पृथ्वीबाट हटाउन लागेको छु। यही वर्ष तँ मर्नेछस्, किनभने तैंले परमप्रभुको विरुद्धमा विद्रोही कुरा प्रचार गरेको छस्’।”
यर्मिया 28:15-16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब अगमवक्ता यर्मियाले अगमवक्ता हनन्याहलाई भने, “सुन, हनन्याह! याहवेहले तिमीलाई पठाउनुभएको थिएन, तर पनि तिमीले यस राष्ट्रलाई झूटो अगमवाणीका कुराहरूमा विश्वास गर्न लगायौ। यसकारण याहवेह यसो भन्नुहुन्छ: ‘म तँलाई पृथ्वीबाट हटाउन लागेको छु। तँ यही वर्ष नै मर्नेछस्; किनभने तैँले याहवेहको विरुद्धमा विद्रोहको प्रचार गरिस्।’ ”
यर्मिया 28:15-16 पवित्र बाइबल (NERV)
तब अगमवक्ता यर्मियाले अगमवक्ता हनन्याहलाई भने, “सुन हनन्याह! परमेश्वरले तिमीलाई पठाएको होइन। तर तिमीले यहूदाका मानिसहरूलाई झूटो कुरामा विश्वास गर्नलगायौ। यसकारण परमप्रभु यसो भन्नुहुन्छ, ‘चाँडै म तिमीलाई यस पृथ्वीबाट हटाई दिनेछु, हनन्याह। तिमी यही बर्ष मर्नेछौ। किनभने तिमीले मानिसहरूलाई परमेश्वरको विरूद्ध भड्कायौ।’”
यर्मिया 28:15-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तब मैले हनन्याहलाई यसो भनें, “हनन्याह, सुन! परमप्रभुले तिमीलाई पठाउनुभएको होइन र तिमी यी मानिसहरूलाई एउटा झूटो कुरो विश्वास गर्न लाउँदै छौ। अनि परमप्रभु आफैंले तिमीलाई भन्नुभएको छ कि म तँलाई हटाउनेछु। यो वर्षभित्र तँ मर्नेछस् किनभने तैँले परमप्रभुको विरुद्धमा मानिसहरूलाई प्रचार गरेको छस्।”