यर्मिया 31:31-32
यर्मिया 31:31-32 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभु भन्नुहुन्छ, “त्यो दिन आउँदै छ, जब म इस्राएल र यहूदाका मानिसहरूसित एउटा नयाँ करार बाँध्नेछु, त्यो करार मैले तिनीहरूका पिता-पुर्खालाई हातमा समातेर मिश्रबाट निकालेर ल्याउँदा तिनीहरूसित बाँधेको पुरानो करारजस्तो हुनेछैन। म तिनीहरूका स्वामीझैँ थिएँ तापनि तिनीहरूले त्यो करार तोडे।
यर्मिया 31:31-32 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभु भन्नुहुन्छ, “ती दिन आउनेछन्, जब इस्राएलको घरानासँग र यहूदाको घरानासँग म एउटा नयाँ करार स्थापना गर्नेछु। तिनीहरूका पुर्खाहरूसँग मैले बाँधेको करारजस्तै यो हुनेछैन, जब मैले तिनीहरूलाई हातमा समातेर मिश्रदेशबाट डोर्याएर ल्याएको थिएँ।” परमप्रभु भन्नुहुन्छ, “तिनीहरूले मेरो करार भङ्ग गरे, यद्यपि म तिनीहरूका पिता थिएँ।”
यर्मिया 31:31-32 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“हेर, यस्ता दिनहरू आउनेछन्,” याहवेह घोषणा गर्नुहुन्छ, “जब म इस्राएलका मानिसहरू र यहूदाका मानिसहरूसँग नयाँ करार स्थापित गर्नेछु। यो त्यो करारजस्तै हुनेछैन, जुन मैले तिनीहरूका पुर्खाहरूसँग बाँधेँ; जब मैले तिनीहरूलाई हात समातेर, इजिप्टबाट डोर्याएर ल्याएको थिएँ; किनकि म तिनीहरूको पति भए तापनि तिनीहरूले मेरो करार भङ्ग गरे,” याहवेह घोषणा गर्नुहुन्छ।
यर्मिया 31:31-32 पवित्र बाइबल (NERV)
परमप्रभुले ती कुराहरू भन्नुभयो, “त्यो समय आईरहेछ जब म यहूदा र इस्राएलका परिवारहरूसँग नयाँ करार स्थापित गर्नेछु। यो उनीहरूका पिता-पुर्खाहरूसँग मैले गरेको करार जस्तो हुनेछैन। मैले त्यसबेला त्यो करार गरेको थिएँ जब मैले तिनीहरूलाई तिनीहरूको हात समातेर मिश्रबाट निकाली ल्याएको थिएँ। म तिनीहरूका मालिक थिएँ तापनि तिनीहरूले मेरो करार भङ्ग गरेका थिए।” यो सन्देश परमप्रभुको थियो।