यर्मिया 31:33-34
यर्मिया 31:33-34 पवित्र बाइबल (NERV)
“म भविष्यमा यही करार इस्राएलका मानिसहरूसित गर्नेछु। म मेरो शिक्षाहरू तिनीहरूका विवेकमा राख्नेछु अनि तिनीहरूका हृदयमा लेख्नेछु। म तिनीहरूका परमप्रभु हुनेछ अनि तिनीहरू मेरा मानिसहरू हुनेछन्। तिनीहरूका शाखा-सन्तानहरू र छिमेकीहरूलाई परमेश्वरको बारेमा सिकाउनु पर्दैन् किनभने मानिस ठूलो होस् अथवा सानो, प्रत्येकले मलाई चिन्छ।” यो परमप्रभुबाट आएको सन्देश हो। “म तिनीहरूको कुकर्महरू क्षमा गरिदिनेछु, म तिनीहरूका पापहरूलाई याद गर्ने छैन।”
यर्मिया 31:33-34 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभु भन्नुहुन्छ, “ती दिनपछि म इस्राएलको घरानासँग यो करार बाँध्नेछु, तिनीहरूका मनमा मेरो व्यवस्था राखिदिनेछु, र तिनीहरूका हृदयमा त्यो लेखिदिनेछु, र म तिनीहरूका परमेश्वर हुनेछु, र तिनीहरू मेरा प्रजा हुनेछन्। ‘परमप्रभुलाई चिन’ भनेर अब उसो कुनै मानिसले आफ्नो छिमेकीलाई वा आफ्ना दाजुभाइलाई सिकाउनेछैन। किनकि सानादेखि लिएर ठूलासम्म तिनीहरू सबैले मलाई चिन्नेछन्,” परमप्रभु भन्नुहुन्छ। “किनकि तिनीहरूका अपराधहरू म क्षमा गर्नेछु, र म तिनीहरूका पाप फेरि कहिल्यै सम्झनेछैनँ।”
यर्मिया 31:33-34 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“त्यसपछि म इस्राएलका मानिसहरूसँग यो करार बाँध्नेछु,” याहवेह घोषणा गर्नुहुन्छ। “म आफ्नो व्यवस्था तिनीहरूका मनमा राखिदिनेछु, र त्यसलाई तिनीहरूका हृदयमा लेखिदिनेछु। म तिनीहरूका परमेश्वर हुनेछु; र तिनीहरू मेरा मानिसहरू हुनेछन्। अब उसो कुनै पनि मानिसले आफ्नो छिमेकीलाई अथवा एक-अर्कालाई, ‘याहवेहलाई चिन,’ भनी सिकाउनेछैन; किनकि सानादेखि लिएर ठूलासम्म सबैले मलाई चिन्नेछन्,” याहवेह घोषणा गर्नुहुन्छ। “किनकि म तिनीहरूका दुष्टता क्षमा गरिदिनेछु, र तिनीहरूका पापहरू फेरि सम्झनेछैनँ।”
यर्मिया 31:33-34 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मैले इस्राएलका प्रजासित बाँध्न लागेको नयाँ करार यस्तो हुनेछ: म मेरो व्यवस्था तिनीहरूका मनमा हालिदिनेछु र तिनीहरूका हृदयमा लेखिदिनेछु। म तिनीहरूका परमेश्वर हुनेछु र तिनीहरू मेरा प्रजा हुनेछन्। तिनीहरू कसैले आफ्ना छिमेकी वा दाजुभाइलाई परमप्रभु चिनाउनुपर्नेछैन किनभने साना-ठूला सबैले मलाई चिन्नेछन्। म तिनीहरूका दुष्कर्म क्षमा गर्नेछु र तिनीहरूका पापहरू कहिल्यै सम्झनेछैनँ। म परमप्रभु बोलेको छु।”