यर्मिया 40:3-4
यर्मिया 40:3-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब उहाँले सो सर्वनाश ल्याउनुभयो, र आफूले भन्नुभएझैँ उहाँले गर्नुभयो। यी सबै भए, किनकि तिमीहरूले परमप्रभुको विरुद्धमा पाप गर्यौ, र उहाँको आज्ञापालन गरेनौ। तर आज तिम्रा हातको साङ्लाबाट म तिमीलाई मुक्त गरिदिँदैछु। यदि मसित बेबिलोनमा आउन तिमीलाई असल लाग्यो भने आऊ। म तिम्रो हेरचाह गर्नेछु। तर यदि तिमीलाई मसित बेबिलोनमा आउन ठीक लागेन भने नआऊ। हेर, यो सारा देश तिम्रो सामुन्ने छ। तिमीलाई जहाँ जान मन लाग्छ, त्यहीँ जाऊ।”
यर्मिया 40:3-4 पवित्र बाइबल (NERV)
अनि अहिले परमप्रभुले जे भन्नु भएको थियो प्रत्येक कुरो गर्नुभयो। यो सर्वनाश आइलाग्यो कारण परमप्रभुको विरूद्ध यहूदाका मानिसहरूले पाप गरेका थिए। तिमीहरूले परमप्रभुको आज्ञा पालन गरेनौ। यसकारण तिनीहरूलाई यस्तो भयो। तर अब म तिमीलाई मुक्त गरिदिनेछु। म तिमीलाई साङ्गलाबाट मुक्त पार्छु। यदि तिमी इच्छा गर्छौ भने म सँग बाबेलतिर जाऊँ, म तिम्रो राम्रो रेख-देख गर्ने छु। तर यदि तिमी मसँग आउनँ चाहँदैनौ भनें नआऊ। हेर, सारा देश नै तिम्रो सम्मुख छ अनि तिमी जहाँ जान चाहन्छौ त्यहाँ जाऊ।
यर्मिया 40:3-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि अहिले याहवेहले यो कुरा हुन दिनुभएको छ; उहाँले जे गर्छु भन्नुभएको थियो, त्यो गर्नुभएको छ। किनकि तपाईंहरूले याहवेहको विरुद्धमा पाप गर्नुभएको छ र उहाँको आज्ञापालन गर्नुभएको छैन। तर आज म तपाईंलाई तपाईंका हातको साङ्लाबाट मुक्त गरिदिँदैछु। यदि तपाईंलाई इच्छा लाग्यो भने मसँग बेबिलोनमा आउनुहोस्, र म तपाईंको हेरचाह गर्नेछु; तर यदि तपाईं आउन चाहनुहुन्न भने नआउनुहोला। हेर्नुहोस्, सारा देश तपाईंको सामु छ, तपाईंलाई जहाँ जान ठिक लाग्छ, त्यहीँ जानुहोस्।”
यर्मिया 40:3-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अनि अहिले त्यो गरिसक्नुभयो। तिम्रा मानिसहरूले परमप्रभुका विरुद्धमा पाप गरेका र उहाँको आज्ञा भङ्ग गरेका हुनाले यी सबै भएको हो। अब म तिम्रा हातबाट साङ्ला फुकालेर तिमीलाई छोडिदिंदै छु। तिमी मसित बेबिलोनमा जान चाहन्छौ भने हिंड, म तिम्रो रेखदेख गर्नेछु। तर जान चाहन्नौ भने तिमीलाई कर छैन। सारा देश तिम्रो सामुन्ने छ, तिमीलाई जहाँ जान मन लाग्छ, त्यहाँ जान सक्छौ।”