यर्मिया 42:11-12
यर्मिया 42:11-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
बेबिलोनको राजा, जससँग अहिले तिमीहरू डराउँदछौ, अब त्यससँग नडराओ, किनकि तिमीहरूलाई त्यसको हातदेखि बचाउन र छुटाउनलाई म तिमीहरूसित हुन्छु, परमप्रभु भन्नुहुन्छ। म तिमीहरूमाथि कृपा गर्नेछु, र त्यसले तिमीहरूमाथि टिठ्याएर तिमीहरूलाई तिमीहरूकै देशमा फेरि बसाल्नेछ’।
यर्मिया 42:11-12 पवित्र बाइबल (NERV)
तिमीहरू बाबेलका राजासित भयभित छौ। तर अब उसँग नडराऊ। म तिमीहरूसित छु अनि म तिमीहरूलाई उबाट बचाउँने छु। म तिमीहरूलाई दया दर्शाउनेछु। बाबेलका राजाले पनि तिमीहरू प्रति दयादृष्टि राख्नेछन् अनि उसले तिमीहरूलाई आफ्नो देशमा आउने अनुमति दिनेछन्।’
यर्मिया 42:11-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
बेबिलोनको राजा, जससँग तिमीहरू अहिले डराउँछौ, त्यससँग नडराओ। याहवेह घोषणा गर्नुहुन्छ, बेबिलोनको राजादेखि नडराओ; किनकि म तिमीहरूको साथमा छु र म तिमीहरूलाई बचाउनेछु। अनि तिमीहरूलाई उसको हातबाट छुटाउनेछु। म तिमीहरूमाथि दया देखाउनेछु, ताकि उसले तिमीहरूमाथि दया देखाउनेछ, र उसले तिमीहरूलाई तिमीहरूको देशमा पुनर्स्थापित गर्नेछ।’
यर्मिया 42:11-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
बेबिलोनका राजाको डर मान्न छोड। म तिमीहरूका साथमा छु र तिमीहरूलाई त्यसका शक्तिबाट उद्धार गर्नेछु। म कृपालु छु, यसकारण म त्यसलाई तिमीहरूमाथि कृपा गर्न लाउनेछु। तिमीहरूलाई स्वदेश फर्की जान दिन लाउनेछु। म परमप्रभु बोलेको छु।’