यूहन्ना 11:43-44
यूहन्ना 11:43-44 पवित्र बाइबल (NERV)
येशूले यति भनिसकेपछि उहाँले जोड आवाजमा डाक्नुभयो, “लाजरस निस्क, बाहिर आऊ!” मृत मान्छे बाहिर निस्क्यो। उसका हात र खुट्टाहरू मलमलका लुगाका टुक्राहरूले बेह्रिएका थिए। उसको अनुहार रूमालले ढाकिएको थियो। येशूले मानिसहरूलाई भन्नुभयो, “उसको लुगाहरू कात्रो खोलिदेउ र उसलाई जान देऊ।”
यूहन्ना 11:43-44 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि यो कुरा भन्नुभएपछि उहाँ उच्च सोरले कराउनुभयो, “लाजरस, बाहिर निस्की आऊ।” त्यो मृत मानिस त्यसको हात-खुट्टा पट्टीले बाँधिएकै र अनुहार लुगाले बेह्रिएकैमा बाहिर निस्की आयो। येशूले तिनीहरूलाई भन्नुभयो, “त्यसको बन्धन खोलिदेओ, र त्यसलाई जान देओ।”
यूहन्ना 11:43-44 नेपाली समकालीन संस्करण (NCV)
यो कुरा भन्नुभएपछि येशू चर्को सोरले कराउनुभयो, “लाजरस, बाहिर निस्केर आऊ!” अनि मरिसकेका लाजरस हात र खुट्टा कात्रोले बेह्रिएकै र अनुहारमा लुगाले छोपिएकै अवस्थामा बाहिर निस्के। येशूले तिनीहरूलाई भन्नुभयो, “कात्रो फुकालिदेओ, र उनलाई जान देओ।”