यूहन्ना 12:44-47
यूहन्ना 12:44-47 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
येशूले उच्च स्वरले भन्नुभयो, “मलाई विश्वास गर्नेले मलाई होइन, तर मलाई पठाउनुहुनेमाथि विश्वास गर्दछ। जसले मलाई देख्तछ, त्यसले मलाई पठाउनुहुनेलाई देख्तछ। म संसारमा ज्योति भएर आएको छु, ताकि ममाथि विश्वास गर्ने अन्धकारमा नरहोस्। “कसैले मेरा वाणी सुन्छ, र ती पालन गर्दैन भने, म त्यसको न्याय गर्दिनँ। किनभने म संसारको न्याय गर्न आएको होइनँ, तर संसारलाई बचाउन आएको हुँ।
यूहन्ना 12:44-47 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
येशूले उच्च सोरमा भन्नुभयो, “मलाई विश्वास गर्नेले मलाई मात्र होइन, तर मलाई पठाउनुहुनेलाई पनि विश्वास गर्दछ। जसले मलाई हेर्छ, त्यसले मलाई पठाउनुहुनेलाई देख्छ। म संसारमा ज्योति भएर आएको हुँ। यसकारण ममाथि विश्वास राख्नेहरू कोही पनि अब अन्धकारमा रहनेछैन। “मेरो वचन सुनेर पनि मेरो आज्ञापालन नगर्नेलाई, म न्याय गर्दिनँ; किनकि म संसारलाई बचाउन आएँ, यसलाई न्याय गर्नलाई होइनँ।
यूहन्ना 12:44-47 पवित्र बाइबल (NERV)
तब येशूले जोडले काराएर भन्नुभयो, “जसले मलाई विश्वास गर्दछ उसले मलाई मात्र विश्वास गर्दैन जसले मलाई पठाउनु भयो उहाँलाई पनि विश्वास गर्छ। जसले मलाई देख्दछ उसले उहाँलाई देख्दछ जसले मलाई पठाउनु भयो। म ज्योति हुँ र यस संसारमा आएँ र जसले मलाई विश्वास गर्दछ उसले अन्धकारमा बस्नु पर्दैन। “म मानिसहरूलाई न्याय गर्न यस संसारमा आएको होइन। म संसारमा मानिसहरूलाई बचाउन आएकोहुँ। म मानिसलाई न्याय गर्ने न्यायकर्ता हैन। जसले मेरो वचन सुन्दछ तर पालन गर्दैन।
यूहन्ना 12:44-47 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
सबैले सुन्ने गरी येशूले भन्नुभयो, “ममाथि विश्वास गर्नेले ममाथि मात्र होइन, मलाई पठाउनुहुनेमाथि पनि विश्वास गर्छ अनि मलाई देख्नेले मलाई पठाउनुहुनेलाई देख्छ। संसारको उज्यालो म नै हुँ। ममाथि विश्वास गर्ने कोही पनि अँध्यारोमा नरहोस् भनेर म संसारमा आएँ। मेरो कुरा सुनेर नमान्ने र नगर्नेहरूलाई दोषी ठहराउनेचाहिँ म होइनँ किनभने म संसारलाई दोषी ठहराउन होइनँ, तर बचाउन आएको हुँ।