यूहन्ना 14:1-4
यूहन्ना 14:1-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“तिमीहरूको हृदय व्याकुल नहोस्। तिमीहरू परमेश्वरमाथि विश्वास गर्दछौ, ममाथि पनि विश्वास गर। मेरा पिताको घरमा बस्ने ठाउँहरू धेरै छन्। त्यसो नभए, के म तिमीहरूलाई भन्नेथिएँ र, कि तिमीहरूका निम्ति ठाउँ तयार पार्न म गइरहेछु? अनि गएर मैले तिमीहरूका निम्ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु, र तिमीहरूलाई मकहाँ लैजानेछु, र जहाँ म छु, त्यहाँ तिमीहरू पनि हुनेछौ। जहाँ म गइरहेछु, तिमीहरू त्यहाँ जाने बाटो चिन्छौ।”
यूहन्ना 14:1-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“तिमीहरूको हृदय व्याकुल नहोस्। परमेश्वरमाथि विश्वास राख, र ममाथि पनि विश्वास राख। मेरा पिताका घरमा धेरै ठाउँहरू छन्, यो कुरा सत्य नहुँदो हो त म त्यहाँ तिमीहरूको लागि ठाउँ तयार पार्न जाँदैछु भनेर तिमीहरूलाई भन्नेथिइनँ। म गएर ठाउँ तयार पारेपछि फेरि आउनेछु; र म जहाँ छु, त्यहाँ तिमीहरू पनि सधैँ मसँग रहन सक भनेर तिमीहरूलाई त्यहाँ लैजानेछु। म जहाँ जाँदैछु, त्यहाँ पुग्ने बाटो तिमीहरू जान्दछौ।”
यूहन्ना 14:1-4 पवित्र बाइबल (NERV)
येशूले भन्नुभयो, “आफ्ना हृदयलाई दुःखी हुन नदेऊ। परमेश्वरमा भरोसा गर। अनि ममा भरोसा गर। त्यहाँ मेरा पिताको घरमा धेरै कोठाहरू छन्। यदि यो सत्य नभएको भए म तिमीहरूलाई भन्ने थिईनँ। म त्यहाँ तिमीहरूको व्यवस्था मिलाउन गइरहेछु। म गए पछि तिमीहरूको लागि सबै व्यवस्था मिलाइसके पछि म फर्की आउनेछु। तब म तिमीहरूलाई त्यहाँ लानेछु। तब तिमीहरू म जहाँ छु त्यहीं हुनेछौ। म जुन ठाउँमा गइरहेछु तिमीहरू त्यो बाटो जान्दछौ।”
यूहन्ना 14:1-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशूले चेलाहरूलाई भन्नुभयो, “तिमीहरू दु:ख नमान। तिमीहरूले आफ्नो भरोसा परमेश्वरमाथि राख र ममाथि पनि राख। मेरा पिताको घरमा धेरै बस्ने ठाउँहरू छन् र म तिमीहरूको लागि ठाउँ तयार पार्न जाँदै छु। त्यस्तो नभए मैले तिमीहरूलाई यस्तो कुरा भन्ने नै थिइनँ। तिमीहरूको लागि ठाउँ तयार पारिसकेपछि म फर्केर आउनेछु र तिमीहरूलाई म भएकै ठाउँमा लैजानेछु अनि तिमीहरू मसँगै रहनेछौ। म जान लागेको ठाउँको बाटो त तिमीहरूलाई थाहै छ।”