यूहन्ना 17:20-21
यूहन्ना 17:20-21 पवित्र बाइबल (NERV)
“म ती मानिसहरूका लागि प्रार्थना गर्छु अनि म प्रत्येकको लागि प्रार्थना गरिरहेछु जसले मलाई उनीहरूको वचनको कारणले विश्वास गर्छन्। हे पिता, म प्रार्थना गर्छु कि जसले म मा विश्वास गर्छन्, तिनीहरू एक होऊन्। जसरी तपाईं ममा हुनुहुन्छु, म तपाईंमा। म प्रार्थना गर्छु ताकि तिनीहरू हामीमा एक होऊन्। संसारले यो विश्वास गर्नछ कि तपाईंले नै मलाई पठाउनु भएको हो।
यूहन्ना 17:20-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“म यिनीहरूका निम्ति मात्र प्रार्थना गर्दिनँ, तर यिनीहरूका सन्देशद्वारा ममाथि विश्वास गर्नेहरूका निम्ति पनि प्रार्थना गर्छु, कि तिनीहरू सबै एक होऊन्। हे पिता, जसरी तपाईं ममा हुनुहुन्छ, र म तपाईंमा, त्यसरी तिनीहरू पनि हामीमा होऊन्, र तपाईंले मलाई पठाउनुभयो भनी संसारले विश्वास गरोस्।
यूहन्ना 17:20-21 नेपाली समकालीन संस्करण (NCV)
“तिनीहरूका निम्ति मात्र म प्रार्थना गर्दिनँ, तर तिनीहरूका साक्षीद्वारा पछि मलाई विश्वास गर्नेहरू सबैका लागि पनि म प्रार्थना गर्दछु। हे पिता, जस्तो म तपाईंमा छु र तपाईं ममा हुनुहुन्छ, त्यसरी नै तिनीहरू पनि हामीमा एक होऊन्। तिनीहरू पनि हामीमा रहन सकून्; ताकि तपाईंले मलाई पठाउनुभयो भनी संसारले विश्वास गरोस्।
यूहन्ना 17:20-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“म यिनीहरूका लागि मात्र होइन, तर यिनीहरूका शिक्षाले गर्दा ममाथि विश्वास राख्नेहरूका लागि पनि प्रार्थना गर्दै छु। तिनीहरू सबै एक हुन सकून् भनेर म बिन्ती गर्दै छु। हे पिता, तपाईं ममा र म तपाईंमा भई हामी एक भएजस्तै तिनीहरू पनि हामीमा भएर एउटै हुन सकून् र तपाईंले नै मलाई पठाउनुभएको हो भनी संसारले बुझ्न सकोस्।