यूहन्ना 2:15-16
यूहन्ना 2:15-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब डोरीको एउटा कोर्रा बनाएर उहाँले मन्दिरबाट ती सबैलाई, तिनका भेड़ाहरू र गोरुहरूलाई समेत मन्दिरबाट बाहिर लघार्नुभयो, र पैसा साट्नेहरूको रेचकी घोप्ट्याएर तिनीहरूका टेबिल पल्टाइदिनुभयो। ढुकुर बेच्नेहरूलाई उहाँले भन्नुभयो, “यहाँबाट यी सब थोक लैजाओ। मेरा पिताको भवनलाई व्यापारको घर नतुल्याओ।”
यूहन्ना 2:15-16 नेपाली समकालीन संस्करण (NCV)
तब उहाँले डोरीको एउटा कोर्रा बनाउनुभयो र सबैलाई, तिनका भेडा र गोरुहरूसमेतलाई मन्दिर क्षेत्रबाट बाहिर लखेट्नुभयो, र पैसा साट्नेहरूका सिक्काहरू छरपस्ट पारिदिनुभयो, र टेबुलहरू पल्टाइदिनुभयो। उहाँले ढुकुर बेच्नेहरूलाई भन्नुभयो, “यी सबैलाई यहाँबाट हटाओ! मेरा पिताको घरलाई एउटा बजार बनाउने कत्रो साहस!”
यूहन्ना 2:15-16 पवित्र बाइबल (NERV)
येशूले केही डोरीका टुक्राहरूलिएर कोर्रा बनाउनुभयो। तब जम्मै ती मानिसहरूलाई भेंडा़ र गाई सहित मन्दिर बाहिर क्षेत्रवाट लघार्नु भयो। येशूले लेनदेन गरिएको पैसा छरपष्ट पार्दै टेबल उल्टाई दिनुभयो। येशूले ती ढुकुरहरू बेच्नेहरूलाई भन्नुभयो, “यी चीजहरू यहाँबाट लगेर गइहाल। मेरा पिताको घरलाई किनबेचको बजार जस्तो नबनाऊ।”
यूहन्ना 2:15-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यो देखेर येशूले कोर्रा लिएर त्यहाँ भएका गाईवस्तु, भेडा, बाख्रा सबै लखेट्नुभयो, पैसा साट्नेहरूको पैसा छरिदिनुभयो र टेबिलहरू पल्टाइदिनुभयो। उहाँले परेवा बेच्नेहरूलाई हकारेर भन्नुभयो, “तिमीहरूको चीजबीज यहाँबाट लैजाओ। मेरो पिताको घरलाई तिमीहरूले किनबेच गर्ने बजार बनाउन पाउँदैनौ!”