यूहन्ना 21:18
यूहन्ना 21:18 नेपाली समकालीन संस्करण (NCV)
म तिमीलाई साँचो-साँचो भन्दछु, जब तिमी जवान थियौ, तब आफै लुगा लगाउँथ्यौ, अनि आफ्नो इच्छाअनुसार जहाँकहीं पुग्नसक्थ्यौ, तर जब तिमी बूढो हुनेछौ, तब तिमीले आफ्ना हातहरू पसार्नेछौ, अनि अरूले तिमीलाई लुगा लगाइदिनेछ र तिमीले नचाहेको ठाउँमा तिमीलाई लैजानेछ।”
यूहन्ना 21:18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
म तिमीलाई भन्छु, तिमी युवा हुँदा आफ्नो पटुका आफैं कस्थ्यौ र जहाँ मन लाग्यो, त्यहाँ जान्थ्यौ। तर बुढो भएपछि तिमीले आफ्ना हात पसार्नेछौ अनि अर्को एक जनाले तिम्रो पटुका कसिदिनेछ र तिमीलाई मन नलागेको ठाउँमा लैजानेछ।”
यूहन्ना 21:18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
साँच्चै, म तिमीलाई भन्दछु, जब तिमी जवान थियौ तिमी आफैले आफ्नो पटुका बाँध्थ्यौ, र जहाँ इच्छा लाग्छ जान्थ्यौ। तर जब तिमी बूढ़ा हुनेछौ, तब तिमीले आफ्ना हात पसार्नेछौ, र अरूले तिम्रो पटुका बाँधिदिनेछ, र तिमी जहाँ जान चाहँदैनौ त्यहाँ लगिनेछौ।”
यूहन्ना 21:18 पवित्र बाइबल (NERV)
म तिमीलाई साँच्चो भन्छु। जब तिमी जवान थियौ, तिमीले आफ्नो पेटी स्वयं कस्थ्यौ र जहाँ इच्छा छ त्यहाँ जान्थ्यौ। जब तिमी बूढा हुनेछौ तिमी हात छाडनेछौ र कोही अरूले पेटी कसिदिनेछ। त्यही मानिसले तिमीलाई अगुवाई गर्नेछ जहाँ जान तिम्रो इच्छा नभएतापनि।”