यूहन्ना 3:20-21
यूहन्ना 3:20-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनभने दुष्ट काम गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ, र ज्योतिमा आउँदैन, नत्रता त्यसका काम प्रकट हुनेछन्। सत्यद्वारा जिउने मानिस ज्योतिमा आउँछ, र यसरी उसले गरेका कामहरू परमेश्वरमा गरिएका हुन् भन्ने प्रस्टै देखिन्छ।”
यूहन्ना 3:20-21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हरेक जसले दुष्ट काम गर्दछ, त्यसले ज्योतिलाई घृणा गर्दछ। अनि त्यसका कामहरू प्रकट होलान् भन्ने डरले त्यो ज्योतिमा आउँदैन। तर जो सत्यतामा जिउँछ, उसले जे गरेको छ, त्यो परमेश्वरद्वारा गरिएका हुन् भन्ने कुरा स्पष्ट देखिन सकियोस् भनी ज्योतिकहाँ आउँछ।
यूहन्ना 3:20-21 पवित्र बाइबल (NERV)
प्रत्येक जसले दुष्ट-कामहरू गर्दछ त्यसले ज्योतिलाई घृणा गर्छ। तिनी ज्योति तर्फ आउने छैन। किनभने उसको दुष्ट कामहरू ज्योतिमा देखिनेछ। तर त्यो जसले सत्यको बाटो पहिल्याएर अनि ज्योति तर्फ आउँदछ यसर्थ यो देखाइने छ कि उसको काम परमेश्वर मार्फत गरिएको हो।
यूहन्ना 3:20-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
किनभने दुष्ट काम गर्ने सबैले उज्यालोलाई घृणा गर्छन्। उज्यालोमा तिनीहरूले गरेका कामहरू देखिन्छन् भन्ने डरले तिनीहरू उज्यालोमा आउँदैनन्। तर सत्य कुरा मान्ने मानिसचाहिँ उज्यालोमा आउँछ र यसरी उसको काम परमेश्वरमा गरिएको हो भन्ने कुरा छर्लङ्ग देखिन्छ।