यूहन्ना 7:37-38
यूहन्ना 7:37-38 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब चाड़को पछिल्लो दिन, अर्थात् चाड़को प्रमुख दिनमा, उभिएर येशूले उच्च स्वरमा यसो भन्नुभयो, “यदि कोही तिर्खायो भने त्यो मकहाँ आओस् र पिओस्। जसले ममाथि विश्वास गर्दछ, धर्मशास्त्रले भनेअनुसार ‘त्यसको अन्तस्करणबाट जिउँदो पानीका खोलाहरू बगिनिस्कनेछन्’।”
यूहन्ना 7:37-38 नेपाली समकालीन संस्करण (NCV)
चाडको अन्तिम र प्रमुख दिनमा येशू उभिएर उच्च सोरमा भन्नुभयो, “यदि कोही तिर्खाउँछ भने, त्यो मकहाँ आओस् र पिओस्। जसले ममाथि विश्वास गर्छ, धर्मशास्त्रले भनेअनुसार तिनीहरूका अन्तस्करणबाट जिउँदो पानीका नदीहरू बगेर निस्कनेछन्।”
यूहन्ना 7:37-38 पवित्र बाइबल (NERV)
पर्वको अन्तिम दिन थियो। यो एकदमै मुख्य दिन थियो। त्यसदिन येशू उभिनु भयो र ठूलो स्वरमा भन्नुभयो, “यदि कुनै मानिसहरूलाई तीर्खा लागेको छ भने मकहाँ आऊ र पिऊ। यदि कुनै मानिसले मलाई विश्वास गर्छ भने, उसको हृदयबाट जिउँदो पानी बग्नेछ। धर्मशास्त्रमा यही लेखिएकोछ।”
यूहन्ना 7:37-38 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
चाडको आखिर र सबैभन्दा मुख्य दिनमा येशूले उभिएर सबैले सुन्ने गरी भन्नुभयो, “तिमीहरूमध्ये तिर्खाउनेहरू जति छौ, मकहाँ आएर पिओ। धर्मशास्त्रले भनेजस्तै ममाथि विश्वास गर्ने मानिसको हृदयबाट जीवन दिने खोलाहरू बगिरहनेछन्।”