यहोशू 10:12 - Compare All Versions
यहोशू 10:12 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले एमोरीहरूलाई इस्राएलीहरूका हातमा सुम्पनुभएको दिनमा यहोशूले परमप्रभुसँग इस्राएलीहरूको उपस्थितिमा भने, “हे सूर्य, तँ गिबोनमाथि, र हे चन्द्र, तँचाहिँ अय्यालोनको बेँसीमाथि अड़िरह।”
यहोशू 10:12 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले एमोरीहरूलाई इस्राएलको हातमा दिनुभएको त्यस दिन यहोशूले इस्राएलको उपस्थितिमा याहवेहलाई भने: “हे सूर्य, तँ गिबोनमाथि, र हे चन्द्रमा, तँ अय्यालोनको बेँसीमाथि अडेर बस्।”
यहोशू 10:12 NERV (पवित्र बाइबल)
त्यसदिन परमप्रभुले इस्राएलीले एमोरी मानिसहरूलाई परास्त गर्न दिनुभयो। अनि त्यसदिन यहोशू इस्राएलका समस्त मानिसहरूको सामुन्ने उभिए र परमप्रभुलाई भनेः “हे सूर्य, गिबोन माथि स्थिर बस्। चन्द्रमा, अय्ययालोन-बेंसीमाथि स्थिर बस्।”
यहोशू 10:12 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले इस्राएलीहरूलाई एमोरीहरूमाथि विजय दिनुभएको दिन यहोशूले परमप्रभुसित कुरा गरे। इस्राएलीहरूको सामु उनले भने, “हे सूर्य, तँ गिबोनमाथि, र हे चन्द्र, तँ अय्यालोन बेसीमाथि, अडेर बस्!”