यहोशू 6:16 - Compare All Versions

यहोशू 6:16 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

सातौँ चोटि जब पूजाहारीहरूले तुरही फुके, तब यहोशूले मानिसहरूलाई भने, “कराओ, किनभने परमप्रभुले तिमीहरूलाई यो सहर दिनुभएको छ।

शेयर गर्नुहोस्
यहोशू 6 NNRV

यहोशू 6:16 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

सातौँ पटकमा जब पुजारीहरूले तुरही फुके, तब यहोशूले मानिसहरूलाई यसरी आज्ञा दिए, “कराओ, किनभने याहवेहले यो सहर तिमीहरूलाई दिनुभएको छ।

शेयर गर्नुहोस्
यहोशू 6 NCV

यहोशू 6:16 NERV (पवित्र बाइबल)

जब सातौ पल्ट तिनीहरू शहर वरिपरि घुमे, पूजाहारीहरूले आफ्ना तुरहीहरू बजाए। त्यसबेला, यहोशूले आदेश दिए, “अब कराऊ। परमप्रभुले यो शहर तिमीहरूलाई प्रदान गर्नु हुँदैछ।

शेयर गर्नुहोस्
यहोशू 6 NERV

यहोशू 6:16 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

सातौँ फेरो लाएपछि जब पूजाहारीहरू तुरही फुक्‍न लागेका थिए, यहोशूले आफ्‍ना मानिसहरूलाई सोर मच्‍चाउने आज्ञा दिएर भने, “परमप्रभुले सहर तिम्रा हातमा दिनुभएको छ।

शेयर गर्नुहोस्
यहोशू 6 सरल नेपाली