यहोशू 7:13 - Compare All Versions

यहोशू 7:13 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

“उठ्, मानिसहरूलाई शुद्ध पार्, र तिनीहरूले भोलिको निम्‍ति आफैलाई शुद्ध राख्‍नू भन्, किनकि परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्‍छ: ‘हे इस्राएल, तिमीहरूका बीचमा कुनै अर्पित माल छ। तिमीहरूका बीचबाट तिमीहरूले त्‍यो अर्पित माल नफ्‍याँकुञ्‍जेल तिमीहरूका शत्रुहरूका सामुन्‍ने तिमीहरू खड़ा हुन सक्‍दैनौ।

शेयर गर्नुहोस्
यहोशू 7 NNRV

यहोशू 7:13 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

“उठ्, गएर मानिसहरूलाई शुद्ध पार्! तिनीहरूलाई भन्, ‘भोलिको दिनको तयारीका निम्ति आफूलाई शुद्ध बनाओ’; किनकि याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: हे इस्राएल, तिमीहरूको बीचमा अर्पण गरिएको चीज छ। तिमीहरूले त्यसलाई नहटाएसम्म तिमीहरू आफ्ना शत्रुहरूको विरुद्धमा खडा रहन सक्दैनौ।

शेयर गर्नुहोस्
यहोशू 7 NCV

यहोशू 7:13 NERV (पवित्र बाइबल)

“अब मानिसहरूलाई शुद्ध तुल्याउनका निम्ति जा। मानिसहरूलाई भन्, ‘स्वयंमलाई शुद्ध तुल्याऊ। भोलिको निम्ति तैयार हौ।’ परमप्रभु इस्राएलका परमेश्वरले भन्नुहुन्छ, ‘केही मानिसहरूले ती वस्तुहरू राखिछोडेका छन् जसलाई उहाँले नष्ट गर्नु भनी आदेश गर्नु भएको थियो।’ तँ त्यस बेलासम्म तेरो शत्रुहरूलाई परास्त गर्न समर्थ हुने छैनस् जबसम्म तैंले ती वस्तुहरूलाई फ्याँक्दैनस्।

शेयर गर्नुहोस्
यहोशू 7 NERV

यहोशू 7:13 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

“उठ्! मानिसहरूलाई चोख्‍या र मेरो अघि आउन तयार पार्‌। तिनीहरूलाई भोलि तयार रहनू भन् किनभने म परमप्रभु इस्राएलका परमेश्‍वरको भन्‍नुपर्ने कुरा यस्‍तो छ, ‘हे इस्राएल, तँसित यस्‍ता कति चीज छन् जुन नाश पार्नुपर्ने थियो। ती चीजहरू नहटाउन्‍जेलसम्‍म तैँले तेरा शत्रुको सामना गर्न सक्‍नेछैनस्।’

शेयर गर्नुहोस्
यहोशू 7 सरल नेपाली