यहूदा 1:24-25
यहूदा 1:24-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब, जसले तिमीहरूलाई पापमा फस्नदेखि बचाउन सक्नुहुन्छ, र जसले तिमीहरूलाई आनन्दसहित उहाँकै महिमाको सामने निष्कलङ्क प्रस्तुत गर्न सक्नुहुन्छ, उही एकमात्र परमेश्वर, हाम्रा मुक्तिदातालाई येशू ख्रीष्ट हाम्रा प्रभुद्वारा महिमा, प्रभुत्व, पराक्रम र अधिकार युग-युग पहिलेदेखि आज र सदासर्वदा भइरहोस्। आमेन।
यहूदा 1:24-25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अब उहाँलाई नै, जसले तिमीहरूलाई पतन हुनदेखि बचाउनुहुन्छ, र जसले तिमीहरूलाई उहाँको महिमित उपस्थितिमा अति आनन्दसाथ निष्कलङ्क प्रस्तुत गर्न सक्नुहुन्छ, हाम्रा एउटै मुक्तिदाता परमेश्वरलाई हाम्रा प्रभु येशू ख्रीष्टद्वारा महिमा, गौरव, पराक्रम र अधिकार युगानुयुग, पहिलेदेखि अहिले र सदासर्वदा भइरहोस्! आमेन।
यहूदा 1:24-25 पवित्र बाइबल (NERV)
परमेश्वर शक्तिशाली हुनुहुन्छ अनि तिमीहरूलाई पतन हुनबाट जोगाउन सहयोग गर्ने योग्य हुनुहुन्छ। कुनै दोष अनि महा आनन्द बिनै उहाँको महिमामय उपस्थिति अघि तिमीलाई ल्याउन योग्य हुनुहुन्छ। उहाँ एक मात्र परमेश्वर हुनुहुन्छ जसले हामीलाई बचाँउनु सक्नुहुन्छ। सबै बितेका समय, अहिले, अनि सदासर्वदा हाम्रा प्रभु येशू ख्रीष्ट मार्फत महिमा, महानता, शक्ति अनि अधिकार उहाँका साथ रहुन्। आमिन।
यहूदा 1:24-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमेश्वर, जसले तिमीहरूलाई पापमा पर्नदेखि बचाउनुहुन्छ र दागै नभएको निष्कलङ्क अनि आनन्दित पारेर आफ्ना अघि पुर्याउनुहुन्छ, येशू ख्रीष्टमा हामीलाई मुक्ति दिने उही परमेश्वरलाई सबै आदर, सम्मान, शक्ति, अधिकार सुरुदेखि आखिरसम्म सदासर्वदा होस्। आमेन।