लेवीहरू 17:11 - Compare All Versions

लेवीहरू 17:11 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

किनकि जीवधारीको प्राण त्‍यसको रगतमा हुन्‍छ। मैले रगतचाहिँ वेदीमा तिमीहरूको निम्‍ति प्रायश्‍चित गर्नलाई दिएको छु, किनभने रगतद्वारा नै मानिसका जीवनको निम्‍ति प्रायश्‍चित गरिन्‍छ।

शेयर गर्नुहोस्
लेवीहरू 17 NNRV

लेवीहरू 17:11 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

किनकि शरीरको प्राण त्यसको रगतमा हुन्छ। अनि मैले त्यो वेदीमा तिमीहरू आफ्नै प्रायश्‍चित गर्नु भनेर तिमीहरूलाई दिएको छु। रगतद्वारा नै कसैको प्राणको निम्ति प्रायश्‍चित गरिन्छ।

शेयर गर्नुहोस्
लेवीहरू 17 NCV

लेवीहरू 17:11 NERV (पवित्र बाइबल)

किनभने शरीरको प्राण रगतमा हुन्छ, मैले यो तिमीहरूलाई वेदीमा आफूलाई शुद्धपार्न दिएकोछु, कारण रगतले नै मानिसहरूलाई शुद्ध पार्छ।

शेयर गर्नुहोस्
लेवीहरू 17 NERV

लेवीहरू 17:11 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

हरेक जिउँदो प्राणीको ज्‍यान रगतमा हुँदछ त्‍यसैकारण परमप्रभुले सबै रगत इस्राएलीहरूका पाप काट्‍न वेदीमा खन्‍याइदिनू भनी आज्ञा गर्नुभएको हो। रगत जीवन हो र त्‍यसले पाप काट्दछ।

शेयर गर्नुहोस्
लेवीहरू 17 सरल नेपाली