लेवीहरू 19:31 - Compare All Versions

लेवीहरू 19:31 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

“‘तिमीहरू झाँक्री, बोक्‍सी र जादू-मन्‍त्र गर्नेतिर नलाग्‍नू। तिनीहरूसित सल्‍लाह लिएर तिमीहरूले आफूलाई अशुद्ध नपार। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।

शेयर गर्नुहोस्
लेवीहरू 19 NNRV

लेवीहरू 19:31 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

“ ‘तन्त्रमन्त्र गर्नेहरूतिर ध्यान नदिनू, न त तिनीहरूलाई खोज्नू। किनकि तिनीहरूद्वारा तिमीहरू अपवित्र तुल्याइनेछौ। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।

शेयर गर्नुहोस्
लेवीहरू 19 NCV

लेवीहरू 19:31 NERV (पवित्र बाइबल)

“तिमीहरू झाँक्री, जादूगर, बोक्सी तथा मन्त्र गर्नेतिर नलाग अनि आफैंलाई तिनीहरूबाट अशुद्ध नपार। म तिमीहरूको परमप्रभु परमेश्वर हुँ।

शेयर गर्नुहोस्
लेवीहरू 19 NERV

लेवीहरू 19:31 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

“मृत-आत्‍मासित सोधपुछ गर्ने मानिसहरूकहाँ सल्‍लाह लिन नजाओ। त्‍यसो गर्‍यौ भने तिमीहरू विधिअनुसार अशुद्ध हुनेछौ। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।

शेयर गर्नुहोस्
लेवीहरू 19 सरल नेपाली