लेवीहरू 26:13 - Compare All Versions

लेवीहरू 26:13 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ। तिमीहरू मिश्रीहरूका कमारा नहोओ भनेर मैले तिमीहरूलाई मिश्रबाट निकाली ल्‍याएँ। मैले तिमीहरूका जुवाका काठ भाँचेर तिमीहरूलाई शिर ठाड़ो गरी हिँड्‌ने तुल्‍याएको छु।

शेयर गर्नुहोस्
लेवीहरू 26 NNRV

लेवीहरू 26:13 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ। तिमीहरू इजिप्टियनहरूका दास हुन नपरोस् भनेर मैले तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याएँ। मैले तिमीहरूका जुवाका काठ भाँचेर तिमीहरूलाई शिर ठाडो पारेर हिँड्न योग्यको तुल्याएको छु।

शेयर गर्नुहोस्
लेवीहरू 26 NCV

लेवीहरू 26:13 NERV (पवित्र बाइबल)

म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। तिमीहरू मिश्र देशमा दास थियौ तर मैले तिमीहरूलाई त्यहाँबाट बाहिर ल्याएँ। तिमीहरू दासत्वको बोझले निहुर्याइएको थियौ तर अब म तिमीहरूको जुवालाई भाँचिदिनेछु अनि म तिमीहरूलाई धर्मीकता सित शिर ठाडो गरी हिड्ने तुल्याउनेछु।

शेयर गर्नुहोस्
लेवीहरू 26 NERV

लेवीहरू 26:13 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

म परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरू कमारा-कमारी हुनुनपरोस् भनेर मिश्रबाट तिमीहरूलाई निकाली ल्‍याएँ। तिमीहरूलाई भरिया बनाउने शक्तिलाई मैले तोडिदिएँ र तिमीहरूलाई शिर ठाडो गरी हिँड्‍ने तुल्‍याएँ।”

शेयर गर्नुहोस्
लेवीहरू 26 सरल नेपाली